प्रशिक्षक तथा समाजसेवी मन गुरुङको नेतृत्वमा बेलायतमा अक्टोबर ११ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम

SHARE:

लन्डन ३ अगस्ट २०२५ । प्रशिक्षक तथा समाजसेवी मन गुरुङको नेतृत्वमा बेलायतमा आगामी ११ अक्टोबरमा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने भएको छ ।

हरेक मानिसमा सफलता, स्वस्थता, समृद्धि र खुसी हुन सक्ने शक्तिलाई उजगार गर्न करिब ५ वर्षदेखि तल्लिन मास्टर कन्सिअसनेस कोच मन गुरुङको आयोजनामा यूवाईआईएस (अनलिस योअर इनर सेल्फ) शीर्षकमा तालिम हुन लागेको हो । तालिम फार्नबोरो भिलेज होटेलमा बिहान साढे ८ बजेदेखि हुनेछ ।

तालिम समुदाय तथा व्यापार व्यवसाय र व्यक्तिले कसरी आफ्नो डरलाई साथी बनाउने, समृद्धिको अनुशासनमा बस्ने, सहीमार्ग देख्ने, सशक्तिकरण गर्ने, नवप्रवर्तन विकास गर्ने, संस्थाको गुणस्तर विकास, सुदृढ संगठन, नेतृत्व, रणनीति, आर्थिक ज्ञान, सम्पत्ति, आयआर्जन, गोल्ड मेडल र सम्बन्ध विस्तारका विषयमा केन्द्रित हुनेछ ।

दुई दशकभन्दा बढी अनुभव, यूकेबाट उच्च शिक्षा हासिल गरेका मन गुरुङले तालिम घरमै बसेर आफ्नो समयमा सिक्ने गरी व्यवस्था मिलाइने पनि जानकारी गुरुङले दिए । सशुल्क हुने तालिमबाट बचत रकम केही प्रतिशत नेपाल र यूकेका अति आवश्यक च्यारिटी संस्थालाई सहयोग गरिने पनि प्रशिक्षक गुरुङले जानकारी दिए । मानिसलाई प्रशंसनीय कार्य गर्नका लागि यस्तो तालिम आवश्यक रहेको उनको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!