माओवादीको जातीय मुक्ति मोर्चाहरुको सम्मेलनका लागि बेलायत आए पूर्वसभामुखसहित तीन नेता

SHARE:


लन्डन ३ सेप्टेम्बर २०२५ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको संयुक्त सम्मेलनमा सहभागी हुन नेताहरु राम कार्की ‘प्रार्थ’, ओनसरी घर्ती मगर र वसन्त राई बेलायत आइपुगेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सचिव, पूर्वमन्त्री तथा अन्तरमहादेशीय प्रवास, प्रदेश संगठन समितिका ईन्चार्ज कार्की प्रमुख अतिथि, पार्टी स्थायी समितिका सदस्य तथा पूर्वसभामूख तथा आदिवासी जनजाती संयुक्त मोर्चा नेपालको ईन्चार्ज घर्ती मगर विशिष्ट अतिथि र किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपालको माहासचिव तथा पार्टी अन्तर्राष्ट्रिय विभागका सदस्य राईको विशेष अतिथिको रुपमा उपस्थित हुन मंगलबार २ सेप्टेम्बर २०२५ राति ११ बजे लन्डनको हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् ।

नेताहरुलाई बेलायतमा रहेका माओवादी केन्द्रीय सदस्य कृष्णकुमार राई र नेपाली जनप्रगतिशील मञ्च बेलायतका सचिव कपिल राई, मगर संघ बेलायतका प्रतिनिधिहरु हेथ्रो विमानस्थलमा स्वागत गरे । आयोजक समितिका सचिव कपिल राईले बेतायत आएका नेताहरुको पार्टी र जातीय मोक्ति मोर्चाहरुको कार्यक्रमलगायत विभिन्न क्षेत्रसँग जोडिएका व्यक्तिहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत रहेको जनाए ।

जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको संयुक्त सम्मेलन यही ७ सेप्टेम्बरमा हुँदैछ । सम्मेलन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बिहान ११ बजेदेखि हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!