किराँत याक्खा छुम्मा युकेको १७ औँ वार्षिक भेला सम्पन्न

SHARE:

प्रिन्स याक्खा
लन्डन ५ सेप्टेम्बर २०२५ । गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किराँत याक्खा छुम्मा युकेको वार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ | कार्यक्रम ३० अगस्ट २०२५ का दिन आसफोर्ड केन्टस्थित सिमोन चर्च हलमा भएको  थियो ।

किराँत याक्खा छुम्मा युकेका अध्यक्ष बुद्धिराज लिम्बुखिमको अध्यक्षतामा आयोजित कार्यक्रममा कियाछुका केन्द्रीय अध्यक्ष भूपाल सिंह जिमी प्रमुख अतिथि को रूपमा थिए । प्रमुख अतिथि जिमीले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो युकेको यो यात्रा पहिलो रहेको र पहिलो यात्रामा नै ऐतिहासिक कार्यक्रममा सहभागी हुने मौका पाएकोमा खुसी लागेको बताए| कार्यक्रममा प्रमुख अतिथि जिमीले संस्थाको विगत र वर्तमान अवस्थाबारे उल्लेख गर्दै भावी कार्ययोजनाबारे पनि जानकारी गराएका थिए । उनले युकेको व्यस्त जीवनका बाबजुद भव्य कार्यक्रम आयोजना गरेकोमा किरात याक्खा छुम्मा युकेको सराहना गरे ।

हामी जहाँ रहे पनि माटो र सभ्यतालाई कहिल्यै भुल्न नहुने कुरामा जोड दिँदै पुर्खाहरूले जोगाएर राखी दिएको हाम्रो मौलिक हक अधिकार हालको परिप्रेक्ष्यमा राज्यसत्ताबाट दिनानुदिन क्षय गर्ने कार्य भइरहेको र यसका विरुद्ध छुम्मा डटेर लागि रहेको र यसको लागी सबैको सहयोग जरुरी रहेकोमा जोड दिए |

उल्लेख्य  जनसहभागिता रहेको कार्यक्रमलाई संस्थाका उपाध्यक्ष सन्तराज पाम्फूले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । विविध कार्यक्रम समेटिएको कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरी दुई चरणमा विभाजन गरिएको थियो । महासचिव रामकृष्ण जिमीले सुरक्षाको मध्यनजर गर्दै हेल्थ एन्ड सेप्टीको ब्रिफिङ गराउनुका साथै औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए भने संस्थाका सचिव राजकुमार खायाखिमले अनौपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

शिवचन्द खाम्याङको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा धन कुमारी कोम्फे याक्खालाई संस्थाप्रति पुर्‍याएको योगदानको कदर गर्दै प्रमुख अतिथि र अध्यक्ष मार्फत कदर पत्रले सम्मान गरिएको थियो । त्यस्तै विभिन्न विश्वविद्यालयबाट अध्ययन पूरा गर्ने याक्खा परिवारका विद्यार्थीहरुलाई प्रमाणपत्र  प्रदान गरिनुका साथै भर्खरै संस्थाको आजीवन र नयाँ सदस्यता लिने सबै सदस्यहरूलाई खादा ओढाएर स्वागत गरिएको थियो ।

रामकृष्ण , शीवचन्द , श्री, नेत्र, दिलीप, हेमराज, धनकुमारी, सबिना, सजना र ईसालगायतले याक्खा संस्कार र संस्कृति झल्किने विभिन्न प्रकारको केई लाक (ढोल नाच)को प्रस्तुति दिएका थिए त्यस्तै हेमराज र रामकृष्णले अद्भूत डोकेनी नाचको प्रस्तुति दिए | कला चेम्जोङ र अमृत गुरुङले आफ्नो गायन प्रस्तुतिमार्फत सबैलाई मन्त्रमुग्ध बनाए | सेमिका,आसिका, सोफिया, रविन, आशीष र गुल्सन लगायतको कलाकारले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राईफल ड्र ले कार्यक्रमलाई अझ रोमान्चक बनाएको थियो।

अध्यक्ष बुद्धिराज जिमीले मुख्य गरी याक्खा दाजुभाइ,दिदीबहिनीहरुबीच भेटघाट गर्ने उद्देश्यले नै बर्सेनि कार्यक्रम आयोजना गर्ने गरिएको बताए । ‘सालमा एक दिन भए पनि दाजुभाइ, छोरीचेली, भानाभाञ्जा, ज्वाइँचेला र साथीभाइहरु भेट गरेर दु:खसुखका कुरा साटासाट गर्नका खातिर यो कार्यक्रम गर्दै आएको छौं,’ उनले भने ।

अध्यक्ष जिमीले समितिका तर्फबाट हालसम्म भए/गरेका गतिविधि र कार्यक्रमका विषयमा पनि जानकारी गराएका थिए |संस्था यहाँसम्म पुर्‍याउन हरेक क्षेत्रबाट सहयोग पुर्‍याउने सबैमा धन्यवाद दिँदै औपचारीक कार्यक्रम समापन गरेका थिए |त्यसपश्चात् अनौपचारिक कार्यक्रमका साथै मिक्स ढोल नाच र ककटेल डान्स गरेर कार्यक्रमको समापन गरिएको थियो ।

युकेको प्रतिकूल परिस्थितिको कारण गत वर्ष वार्षिक भेटघाट कार्यक्रम हुन सकेको थिएन । यो संस्थाको स्थापना २००८ मा भएको थियो|

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!