जेन जेडको प्रदर्शनकारीप्रति एनआरएनए यूकेको ऐक्यबद्धता, सरकारी दमनको भर्त्सना [विज्ञप्तिसहित]

SHARE:

लन्डन ९ सेप्टेम्बर २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले काठमाडौं लगायत नेपालका विभिन्न शहरमा भएको जेन जेडको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर र महासचिव जुरेन्द्र खजुमले सोमबार विज्ञप्ति निकालेर आन्दोलनमा सरकारले गरेको दमनको घोर भर्त्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरूलाई बल प्रयोग गरेर दमन गर्नु निन्दनीय छ। जनताको आवाजलाई सम्बोधन गर्नु सरकारको कर्तव्य हो।”

विद्यार्थीहरूको विरोध प्रदर्शन नेपालमा मौलाएको भ्रष्टाचार र अन्यायविरुद्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “न्याय, पारदर्शिता र नेपाली जनताको अधिकारको पक्षमा आवाज उठाउने यी साहसी युवाहरू अहिले भ्रष्टाचारविरुद्ध आन्दोलनको प्रतीक बन्न पुगेका छन्।”

एनआरएनए यूकेको तर्फबाट मृतक स्मरण गर्दै गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, आन्दोलनमा सहभागी सबै युवाहरूको सुरक्षाको सुनिश्चितता र उनीहरूको आवाजप्रति सम्मान जनाउन नेपाल सरकारसँग आग्रह गरिएको छ ।

यदि नेपाल सरकारले उचित छानबिन तथा न्याय सुनिश्चित नगरेमा यो विषयलाई अन्तर्राष्ट्रिय मानवअधिकार निकाय तथा न्यायिक संस्थासम्म पुर्‍याउने चेतावनी पनि एनआरएनए यूकेले दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!