तमु धीं यूके ह्याम्पसायर सरेमा नयाँ नेतृत्व चयन, महेन्द्र बने अध्यक्ष

SHARE:


लन्डन, अल्डरसट १९ सेप्टेम्बर २०२५ । तमु धीं यूके ह्याम्पसायर सरेको अध्यक्षमा महेन्द्र गुरुङ चयन भएका छन् ।

तमु धीं यूकेको भवन मिचेटमा बिहीबार १८ सेप्टेम्बरमा भएको कार्यक्रमबाट महेन्द्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा विजय गुरुङ, सचिवमा सोम गुरुङ, कोषाध्यक्षमा सञ्जय गुरुङ, युथ कोअर्डिनेटरमा संगम घले चुनिएका छन् ।

सदस्यहरूमा अमित गुरुङ, जापान गुरुङ र कृपा गुरुङ निर्वाचित भएका तमु धीं यूकेका महासचिव डा.विशाल गुरुङले जानकारी दिए ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले निवर्तमान अध्यक्ष उत्तरबहादुर गुरुङ र उनको कार्यसमितिलाई धन्यवाद र नयाँ समितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष महेन्द्रले आफ्नो जिम्मेवारीप्रति बफादार भएर तमु धीं यूके र ह्याम्पसायर सरे इकाईको उन्नति र प्रगतिमा लाग्ने प्रतिबद्धता जनाएका थिए । उनी लामो समयदेखि तमु धीं यूके, कोल्मा बाहाकोट समाज, राङभाङ समाज यूके, स्याङ्जा जिल्ला समाज, एनआरएनए यूकेलगायत संघसंस्था र सामाजिक कार्यमा आबद्ध रहेको तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङले एभरेस्ट टाइम्सलाई जानकारी दिए ।

कार्यक्रममा तमु धीं यूकेका पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ र ज्ञाम गुरुङ, ट्रष्टी सूर्य गुरुङ, तमु फोरम यूकेका डाइरेक्टर क्या.राजु गुरुङ, निवर्तमान ह्याम्पसायर सरे अध्यक्ष उत्तरबहादुर गुरुङ, सल्लाहकार ले.मुत्तिजंग गुरुङ, महासचिव डा.विशाल गुरुङ, सचिव विमल गुरुङ, युथ लिडर एनआरएनए लन्डन अध्यक्ष एलबिजेड गुरुङलगायतको उपस्थिति थियो ।

ह्याम्पसायर सरे इकाईमा महेन्द्र पाँचौँ अध्यक्ष हुन् । यसअघि नन्दजंग गुरुङ, ले. यादव गुरुङ, जुमकाजी गुरुङ र उत्तरबहादुर गुरुङले नेतृत्व सम्हालिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!