मिर्गौलापीडितलाई पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेद्वारा ४ लाख २८ हजार सहयोग

SHARE:

  • शिवकुमार गुरुङ 

पोखरा २० सेप्टेम्बर २०२५ । पर्वत जिल्ला, कुश्मा नगरपालिका–१४ ठाँडस्वारा स्थायी घर भई हाल कास्की जिल्ला, पोखरा महानगरपालिका–१७ छोरेपाटन बसोबास गर्दै आएकी पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराकी आजीवन सदस्य सोमबहादुर गुरुङकी ४२ वर्षीया छोरी सनी गुरुङ दुवै मिर्गौलामा समस्या देखिएपछि विगत लामो समयदेखि उपचाररत छिन्। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारका लागि पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराले आर्थर डाँडाखर्क समाज यूकेसँग आर्थिक सहयोगका लागि अपिल गरेको थियो । सोही अनुरोधपछि श्री पन्चकोशी समाज यूकेका अध्यक्ष धिराज गुरुङले यूकेमा रहेका समाजका सदस्य तथा चेली–बेटीहरूलाई सहयोग गर्न आग्रह गरेका थिए । उक्त अपिलपछि संकलन गरिएको रु. ४,२८,५०० (चार लाख अठ्ठाईस हजार पाँच सय) आर्थिक सहयोग २०८२ साल असोज ३ गते (१८ सेप्टेम्बर २०२५) का दिन हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा सर्वप्रथम आर्थर डाँडाखर्क गुम्बाको तर्फबाट सल्लाहकार गोपाल गुरुङ र  श्री पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेको तर्फबाट सनी गुरुङलाई खदा अर्पण गरी शीघ्रस्वास्थ्यलाभको कामना गरिएको थियो ।

हस्तान्तरण समारोहमा श्री पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्व कोषाध्यक्ष तथा तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ र श्री पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका अध्यक्ष सई कमल गुरुङले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरे । सो अवसरमा शिवकुमार गुरुङले समाजका अध्यक्ष धिराज गुरुङ र सम्पूर्ण सदस्य तथा चेली–बेटीहरूको तर्फबाट सुनी गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथै, उनले पन्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका अध्यक्ष सई कमल गुरुङलाई समन्वयमा सक्रिय भूमिका निर्वाह गरेकोमा हार्दिक धन्यवाद पनि व्यक्त गरे ।

त्यसैगरी, श्री पन्चकोशी आर्थर डाँडा खर्क समाज युकेका अध्यक्ष  सई कमल गुरुङ र  सनी गुरुङका पिता सोमबहादुर गुरुङले छोरीको उपचारका लागि ठूलो रकम सहयोग गरेकोमा श्री पन्चकोशी आर्थर डाँडा खर्क समाज यूकेका अध्यक्षदेखि सम्पूर्ण सदस्य, चेली–बेटी तथा आफन्तजनहरूलाई कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा शिवकुमार गुरुङले श्री पन्चकोशी आर्थर डाँडाखर्क समाज यूकेको स्थापना कालदेखि नै नेपालमा आफ्ना गाउँबासीको सुख–दुःखमा साथ दिँदै आइरहेको र विभिन्न परिस्थितिमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जानकारी पनि प्रस्तुत गरे ।

सहयोग हस्तान्तरण कार्यक्रम दिउँसो १ बजे सनी गुरुङको निवास, पोखरा महानगरपालिका–१७ छोरेपाटनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा श्री पन्चकोशी समाज यूकेका प्रतिनिधि एवं पूर्व कोषाध्यक्ष तथा तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, श्री पन्चकोशी आर्थर डाँडा खर्क समाज पोखराका अध्यक्ष सई कमल गुरुङ, महासचिव राजकुमार गुरुङ, कोषाध्यक्ष धिराज गुरुङ, कार्यसमिति सदस्य भरत गुरुङ, सल्लाहकार गोपाल गुरुङ, सल्लाहकार राजबहादुर गुरुङ तथा स्थानीय शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम दिउँसो ३ बजे समापन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!