लिला सेलीङ माबो – बेलायत।
आइतवार, २१ सेप्टेम्बर २०२५, ग्रेटर रशमोर नेप्सली कम्युनिटी (GRNC) UK को निमन्त्रणामा नेपालबाट आउनुभएका तीन जना कलाकारहरूको अल्डरसटका विभिन्न स्थानमा भव्य बिदाइ कार्यक्रमहरू सम्पन्न भएका छन्।
डी लाउन्ज, अल्डरसटमा नायिका, गायिका तथा समाजसेवी पवित्रा गुरुङ को बिदाइ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि GRNC का अध्यक्ष लिला सेलीङ माबो र पवित्र गुरुङको संयुक्त बहुलीबाट दिप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।
अध्यक्ष सेलीङले पवित्रा गुरुङलाई केवल गायिका–नायिकामात्र नभई एक समाजसेवीको परिचयका साथ निरन्तर प्रगतिका शुभकामना व्यक्त गर्नुभयो। अन्त्यमा GRNC तर्फबाट खादा–माल्यापणसहित बिदाइ गरिएको थियो भने पवित्रा गुरुङले UK आउन सहयोग गर्ने GRNC प्रती आभार प्रकट गर्दै अध्यक्षलाई मायाको चिनो हस्तान्तरण गर्नुभयो।
उक्त कार्यक्रममा GRNC का उपाध्यक्ष डा. विशाल गुरुङ, खेलकुद संयोजक बिमल गुरुङ, सल्लाहकारहरू सूर्य गुरुङ, सहारा UK का अध्यक्ष कृष्ण गुरुङ, तामु धींका पूर्व अध्यक्ष नन्दाजंग गुरुङ, संस्थापक वरिष्ठ उपाध्यक्ष तथा पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, मिडिया संयोजक मिलन तामु तथा गोर्खा मिडियाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
यसैगरी, अर्को कलाकार दोहोरी गायक आर. सी. पौडेल को बिदाइ कार्यक्रम सुसि मोटोमा सम्पन्न भएको थियो। कार्यक्रममा GRNC का अध्यक्ष लिला सेलीङ माबो, उपाध्यक्ष डा. विशाल गुरुङ, खेलकुद संयोजक बिमल गुरुङ, तामु फेर UK का पूर्व अध्यक्ष हितकाजी गुरुङ, सफल व्यवसायी पुरन गिरी, तामु धीं UK का अध्यक्ष जुम्काजी गुरुङ, संस्थापक वरिष्ठ उपाध्यक्ष तथा पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, प्रवक्ता नारायण गिरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुनु भएको थियो।
त्यस्तै, GRNC को निमन्त्रणामा आएका गायिका शर्मिला बीसी र बर्मिङ्घमबाट आएका अतिथि गायक बलचन्द्र बराल लाई समेत GRNC तर्फबाट बिदाइ गर्ने अवसर मिलेको थियो।
यस कार्यक्रममा फेरि पनि उपाध्यक्ष डा. विशाल गुरुङ, खेलकुद संयोजक बिमल गुरुङ, सांस्कृतिक संयोजक दिनेश गुरुङ, समाजसेवी शेरबहादुर सुनार, व्यवसायी पुरन गिरी, प्रवक्ता नारायण गिरी लगायतको सक्रिय सहभागिता थियो।
यस कार्यक्रमलाई सार्थक बनाउन साथ र सहयोग दिनु हुने सबैप्रति GRNC परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।







