बेलायतमा पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई मानार्थ विद्यावारिधि

SHARE:

लन्डन २३ सेप्टेम्बर २०२५ । बेलायतको प्रतिष्ठित एक विश्वविद्यालयले पूर्वगोर्खा सैनिक, कीर्तिमानी पर्वतारोही र अपाङ्गता अभियानकर्मी हरिबहादुर बुढामगरलाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।

अपाङ्गताका बारेमा समाजमा चेतना जगाउन, पर्वतारोहणमा कीर्तिमान कायम गरेको र अपाङ्गता भएका खेलाडीको रूपमा उहाँको उपलब्धिको कदर गर्दै मंगलबार क्यान्टरी कथेड्रलमा आयोजित दीक्षान्त समारोहमा बेलायतको क्यान्टबरी क्राइष्ट चर्च विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । रोल्पामा जन्मिएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती हुनुभएको थियो । उहाँले बेलायती सेनामा १५ वर्ष सेवा गर्नुभयो । सेवाकै क्रममा अफगानिस्तानमा खटिएको बेला सन् २०१० विष्फोटक पदार्थमाथि टेक्न पुग्दा उहाँले दुवै खुट्टा घुँडाभन्दा तल गुमाउनुभएको थियो ।

त्यसपछि बुढामगरले आफ्नो जीवनलाई अपाङ्गताका बारेमा चेतना जगाई जीवनमा सकारात्मक रूपमा परिवर्तन ल्याउन समर्पित गर्नुभएको छ । उहाँले सन् २०१७ मा मेरा पिक, बेलायतको सबैभन्दा अग्लो बेन नेभिस, माउन्ट टौबकल, र चुलु फार इस्टको आरोहण गरिसक्नुभएको छ ।

सम्मानपछि बुढामगरले प्राज्ञिक अध्ययनका साथै मानिसले जीवनमा भोगेको भोगाइको पनि महत्व हुँदोरहेछ भन्ने आफूलाई महसुस भएको बताउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!