नेपाली समाज विल्टशायरको वडा सरसफाइ कार्यक्रम

SHARE:

  • जय तामाङ

स्विन्डन, युके २८ सेप्टेम्बर २०२५ । नेपाली समाज विल्टशायरको आयोजनामा वडा सफा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

यही सेप्टेम्बर २७ तारिख शनिबार स्विण्डनको क्याबेन्डस स्क्वाएरको वरिपरिका बस्तीको सडकदेखि पार्किङ्ग क्षेत्रसम्म मानिसहरुले यत्रतत्र फालेका फोहोरमैलाहरु संकलन गरी सम्बन्धित ठाउँमा रिसाइक्लिङ्गका लागि जम्मा गरिएको हो । दुई/दुई हप्तामा घर घरमा नगरपालिकाको गाडी आएर फोहोर लगे पनि सार्वजनिक ठाउँहरुमा भने केही महिनाको अन्तरालमा मात्रै उठाइने गरेको छ ।

नेपाली समाज विल्टशायरका सल्लाहकार तथा पूर्वअध्यक्ष ज्ञानप्रसाद गुरुङको संयोजकमा सम्पन्न उक्त अभियानमा नेपाली समाज विल्टशायरको अध्यक्ष रञ्जन मल्ललगायत समाजका पदाधिकारीहरुको सहभागिता थियो । पहिलेका सालहरुमा पनि मन्त्रीदेखि स्थानीय नगरपालिकाका कर्मचारीहरुको समेत सहभागितामा सरसफाई हुने गरेको थियो ।

आफ्नो बस्ती आसपास सरसफाइ गरेको देखेर स्थानीय बासिन्दाहरुले प्रशंसा गर्दै धन्यवाद दिएका थिए । अर्को साल जनवरीअगावै फेरि अर्को क्षेत्रमा पनि सरसफाइ गर्ने कार्यक्रम रहेको संयोजक गुरुङले बताएका छन् ।

नेपाली समाज विल्टशायरले स्विन्डनको वरिपरि प्रत्येक साल दुई/दुई पटकसम्म सरसफाइ अभियान चलाउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!