लण्डन, युके – Buddhist Community Centre UK (BCC UK) London Branch ले आगामी २९ नोभेम्बर २०२५, शनिबार का दिन विशेष Fundraising Charity Dinner Night आयोजना गर्ने भएको छ। कार्यक्रम बेलुकी ४:०० बजेदेखि ११:०० बजेसम्म लण्डनको Feltham Assembly Hall (TW14 9DN) मा हुने बताइएको छ।
यस च्यारिटी डिनर नाइटको प्रवेश शुल्क £35 मात्र राखिएको छ। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, समुदायबीच आपसी भेटघाट, र दान संकलनमार्फत बौद्धिक तथा सामाजिक गतिविधिहरूलाई सशक्त बनाउन सहयोग पुग्ने आयोजकहरूले जनाएका छन्।
आयोजकहरूले यो कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली तथा बौद्ध समुदायलाई सक्रिय सहभागिताको लागि हार्दिक निमन्त्रणा गरेका छन्।
“हामी सबैको सानो सहयोगले ठूलो काम सम्भव हुन्छ,” आयोजकले भनेका छन्, “यो च्यारिटी डिनर नाइट केवल एक सामाजिक जमघट मात्र नभई हाम्रो धर्म, संस्कृति र समुदायप्रति गरिएको ठूलो योगदान पनि हो।”
कार्यक्रम सफल बनाउन BCC UK London Branch का पदाधिकारी तथा स्वयंसेवकहरू सक्रिय रहेका छन्। सम्पर्कका लागि:
•गोपाल तामाङ (Chairman): 07894 983277
•इस्वर गुरुंग (Coordinator): 07882 657906
•पन्चा तामाङ (General Secretary): 07359 39578
•Chairwoman Mrs. Dil Maya Gurung: 07713 856540
BCC UK London Branch, सन् २०१५ मा स्थापना भएको, प्रवासी नेपाली बौद्ध समुदायबीच सांस्कृतिक, धार्मिक र सामाजिक एकता कायम गर्न निरन्तर सक्रिय रहँदै आएको छ।






