लन्डन ८ अक्टुबर २०२५ । सिरुबारी प्रथम पर्यटकीय गाउँ यूकेले यही ११ अक्टोबर शनिबारका दिन दसैं र तिहार कार्यक्रम गर्ने भएको छ ।
संस्थाका सदस्य, चेलीबेटी र भान्जाभान्जीहरुको साथमा साउथ ह्यारोस्थित स्पोर्स्टस् एन्ड सोसियल क्लबमा कार्यक्रम हुने सिरुबारी प्रथम पर्यटकीय गाउँ यूकेका अध्यक्ष डेबिट गुरुङले जानकारी दिए ।
कार्यक्रम मध्याह्न १२ देखि बेलुकी ६ बजेसम्म तय गरिएको छ । कार्यक्रममा सम्मान,सांस्कृतिक प्रस्तुतिलगायत हुनेछन् ।
कार्यक्रमबारे थप जानकारीका लागि अध्यक्ष डेबिट गुरुङ, उपाध्यक्ष नवराज गुरुङ, सचिव धन गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
यूकेमा बसोबास गर्ने सिरुबारीवासीहरूको साझा संस्था ‘सिरुबारी प्रथम पर्यटकीय गाउँ यूके’को २९ जुन २०२५ का दिन सम्पन्न वार्षिक भेलाले डेबिड गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । संस्थाले घरगाउँको संस्कार, रीतिथिति र सांस्कृतिक पहिचानको संरक्षण तथा भावी पुस्तामा हस्तान्तरण गर्न गतिविधि सञ्चालन गर्ने उद्देश्य लिएको छ ।






