सोनी म्यूजिकको बेलायतस्थित कार्यालयमा आक्रमण

SHARE:

लन्डन । बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । धारिलो हतियार प्रयोग गरी भएको आक्रमणलाई आतङ्कवादी घटनाभन्दा भिन्न प्रकृतिको घटनाका रूपमा बेलायती प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ ।

प्रहरीलाई स्थानीय समय अनुसार विहान ११ बजे घटनाबारे जानकारी गराइएपछि तत्कालै घटनास्थल डेरी स्ट्रीटमा सशस्त्र सुरक्षाकर्मी पठाइएको लण्डन महानगरीय प्रहरीले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

बेलायती सञ्चारमाध्यमले घटना सोनी म्युजिक कम्पनीको भवनमा भएको बताएका छन् । उक्तस्थानमा थप दुर्घटना हुन नदिन सावधानी स्वरूप घटनास्थललाई घेरा हाली विस्तारै खाली गरिएको छ प्रहरीले जनाएको छ । घटनास्थलमा आकस्मिक सेवा प्रदान गर्न चिकित्सकसहितका अन्य स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको प्रहरीले बताएको छ । घटनास्थल हाई स्ट्रीट केन्सिङटन व्यवसायिक क्षेत्रमा रहेका दैनिक पत्रिकाको कार्यालयहरूको सामुन्नेमा रहेको सोनी म्यूजिक कम्पनीको कार्यालयमा भएको हो ।

घटनास्थलमा छ जना भन्दा बढी समूहमा पटकपटक गरी सशस्त्र प्रहरी छिरेका र आक्रमणकारी भाग्ने आशङ्कामा मानिसहरूलाई भित्र छिर्न र बाहिर निस्कन नदिएको प्रत्यक्षदर्शी तथा द मेलका कर्मचारी ट्रीस एलिसले एएफपीलाई घटनाबारे बताए । घटना भएको करिब एक घण्टापछि प्रहरीले दश÷पन्ध्र जनाको सङ्ख्यामा भित्र रहेका मानिसहरूलाई छोडेको उनले बताए ।

बेलायतले अहिलेसम्म घटना कसले गराएको भन्ने खुलाएको छैन । यो आक्रामण आतंकवादी आक्रामण भएको अनुमान गरिए पनि यसको पुष्टि हुन सकेको छैन । प्रहरीले समेत अहिलेसम्म आंतकबादी आक्रामण बताउन सकिरहेको छैन । वेलायतमा पछिल्लो २ बर्षमा पटक पटक आंतकबादी आक्रामण भएका छन । यसरी भएको आक्रामणमा कैंयौले ज्यान समेत गुमाएका छन । इस्लामिक चरमपन्थी समुह आइएसले यस्तो आक्रामण गरिरहेको वेलायती प्रहरीले दावी गरिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!