बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको सहभागिता

SHARE:

 लन्डन १३ अक्टुबर २०२५ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाएको छ ।

शनिबार ११ अक्टोबर २०२५मा अल्डसटस्थित युनियन यार्डमा आयोजित आर्ट फेस्टिवलमा जीआरएनसीले भाग लिएको हो । रश्मूर बरोभित्रका अल्पसंख्यक समुदायहरूमध्ये नेपाली समुदायको सशक्त प्रतिनिधित्व गर्दै ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको आर्ट फेस्टिवलमा सक्रिय सहभागिता जनाएको ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो र महासचिव सुनील रानाले बताए ।

जीआरएनसीका सचिव दिनेश गुरुङको संयोजनमा प्रस्तुत गरिएको नेपाली सांस्कृतिक नृत्यले उपस्थित दर्शक र स्थानीय समुदायको मन जित्यो । कलाकारहरू:लिकन गुरुङ, सेलिना शाही, रीतिका खरेल र ऋष्ता खड्का थिए । कोरियोग्राफरको भूमिका कविता घर्ती मगरले निभाएकी थिइन् ।

अध्यक्ष माबो र महासचिव रानाले उत्कृष्ट प्रस्तुतिका लागि संयोजक दिनेश गुरुङसहित सम्पूर्ण कलाकार टोलीलाई आभारसहित धन्यवाद व्यक्त गरेका छन् । उक्त अवसरमा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोद्वारा लेखिएको युनिभर्सिटी अफ सर्रे यूकेअन्तर्गतको मास्टर्स डिग्री अध्ययनको क्रममा तयार गरिएको अनुसन्धानमूलक पुस्तक “Hidden Domestic Violence Against Black, South Asian Minority Ethnic Women in the UK” (AuthorHouse UK बाट प्रकाशित) को विमोचन स्थानीय सांसद एलेक्स बेकर, काउन्टी काउन्सिलर एलेक्स क्राफर्ड तथा डेपुटी काउन्सिल लिडर सोफी पोर्टर लगायतको उपस्थितिमा सम्पन्न भयो ।

उक्त विशेष अवसरको सफल संयोजनका लागि कार्यक्रम प्रस्तोता जानकी पुन तथा सम्पूर्ण आर्ट फेस्टिवल आयोजक टोलीप्रति जीआरएनसी तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।

यसैगरी अल्डरसटस्थित से्नट माइकल्स चर्चमा आयोजित रश्मूर कल्चरल डे ब्ल्याक हिस्ट्री मन्थ कार्यक्रममा पनि जीआरएनसीले सहभागिता जनायो । श्मूर बरोकी पूर्वमेयर मारा मकुनुराद्वारा आयोजित ब्ल्याक हिस्ट्री मन्थ कार्यक्रममा पनि जीआरएनसीतर्फबाट नेवारी सांस्कृतिक नृत्य प्रस्तुति दिइएको थियो । जसको संयोजक जीआरएनसीका सचिव प्रजेश श्रेष्ठ थिए । सहयोगी टोलीमा बिकेश श्रेष्ठ, प्रतिमा जोशी थिए ।

कलाकारहरूमा पूर्णलाल महर्जन, रञ्जना बटी, श्याम प्रजापति, अन्जया बटी, गगनराज डंगोल, सलीम श्रेष्ठ, प्रतिमा जोशी, ईशा प्रधान, प्रसून जोशी प्रसून जोशीले समुहिक नाच प्रस्तुत गरेका थिए ।

साँझ ७ बजे प्रस्तुत गरिएको नेवारी सांस्कृतिक नृत्य अत्यन्तै सफल, प्रभावकारी र सराहनीय रहेको आयोजकको भनाइ छ ।

कार्यक्रमको अन्त्यमा आयोजक मारा मकुनुराले जीआरएनसीप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा सक्रिय सहभागिता, सहयोग र योगदानका लागि सम्पूर्ण कलाकार, संयोजक तथा सहयोगी सदस्यहरूलाई धन्यवाद व्यक्त गरिएको थियो ।

युनियन यार्ड आर्ट फेस्टिवलमा जीआरएनसीको स्टल थियो । संयोजक सुषिला थापा (प्रोजेक्ट म्यानेजर) टोलीमा सञ्जय राई, सीमा श्रेष्ठ, ज्ञान गुरुङ थिए । कार्यक्रमको क्रममा बिहानदेखि दिनभर जीआरएनसी स्टल संचालन गरिएको थियो ।

स्टलमा नेपाली महिलाहरूले तयार पारेका हस्तकला र नेपाली युवायुवतीहरूले सिर्जना गरेका कलात्मक सामग्रीहरू प्रदर्शन गरिएको थियो ।

दैनिक कार्यक्रमको अन्त्यतिर सीमा श्रेष्ठले पनि सक्रिय रूपमा सहयोग गरेकी थिइन् । स्थानीय समुदायबाट स्टलमा प्रदर्शित सामग्रीहरूबारे अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएको अध्यक्ष माबोले जानकारी गराइन् ।

उक्त कार्यक्रमहरूमा उपाध्यक्ष उत्तरबहादुर गुरुङ, महासचिव सुनील राना, संस्कृति सचिव दिनेश गुरुङ, कार्यसमिति सदस्यहरू सोम घले, एज्रा श्रेष्ठ, मीना गुरुङ, सल्लाहकार रिटायर्ड क्याप्टेन बिर थापालगायतले भूमिका खेलेको भन्दै अध्यक्ष माबोले सम्पूर्ण सहयोगी सदस्य, कलाकार र समुदायका प्रतिनिधिहरूलाई पनि संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।

जीआरएनसी भविष्यमा पनि नेपाली/गोर्खा समुदायको पहिचान, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहने अध्यक्ष माबोको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!