कार्की सरकारले ११ देशका राजदूत फिर्ता बोलाए

SHARE:

लन्डन १६ अक्टुबर २०२५ । सुशिला कार्कीको बिहीबार बसेको मन्त्रिपरिषद्‌ले बैठकले राजनीतिक नियुक्त भएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उक्त निर्णयानुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई पनि सरकारले फिर्ता बोलाएको छ।

राजदूत घिमिरे २०८१ माघ ४ गते (१७ जनवरी २०२५) कार्यभार सम्हालन बेलायत आएकम थिए । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका घिमिरे २०८१ मंसिर २ गते (१७ नोभेमबर २०२४) मा राजदूतमा नियुक्त भएका थिए । फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० भित्र नेपाल फर्कन भनिएको छ ।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बेलायत, चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए ।

फिर्ता बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रूस), नरेश विक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!