तमु धी युके र याङजाकोट परिवार युकेको संयुक्त आयोजनामा प्रिय गुरुङको बिदाइ समारोह (Farewell Night) आगामी नोभेम्बर १, २०२५ (शनिबार) का दिन तमु धी युके भवन, मिचेट, सरे (GU16 6AE) मा आयोजना हुने भएको छ। कार्यक्रममा बेलुकी ४ बजेबाट सुरु हुनेछ।
यो बिदाइ कार्यक्रम तमु धी संघ युके का अध्यक्ष जुमकाजी गुरुङ र याङजाकोट परिवार युके का अध्यक्ष बार्तामन गुरुङको नेतृत्वमा आयोजना गरिएको हो।
कार्यक्रमले प्रिय गुरुङको योगदान र सफलताहरूको सम्मान गर्ने उद्देश्य राखेको छ। उनी समुदायभित्र सक्रिय, लोकप्रिय र अग्रणी सदस्यका रूपमा परिचित रहेकी छिन्। बिदाइ कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, कार्यक्रमहरू हुने बताइएको छ।
यस समारोहले समुदायबीचको आपसी सम्बन्ध सुदृढ गर्न तथा समुदायबीचको एकता झल्काउने अवसर प्रदान गर्नेछ।
आयोजकहरूले सम्पूर्ण समुदायका सदस्यहरू, शुभेच्छुक र समर्थकहरूलाई उक्त कार्यक्रममा सहभागी भई प्रिय गुरुङलाई बिदाइ तथा आगामी यात्राका लागि शुभकामना दिन अनुरोध गरेका छन्।
कार्यक्रम विवरण:
• कार्यक्रम: प्रिय गुरुङको बिदाइ समारोह
• मिति: नोभेम्बर १, २०२५ (शनिबार)
• समय: बेलुकी ४ बजेबाट
• स्थान: तमु धी युके भवन, मिचेट, सरे, GU16 6AE
• आयोजक: तमु धी युके र याङजाकोट परिवार युके






