अल्डरसट (युके), — गायक आशाराम गुरुङको सम्मानमा बिदाइ तथा धन्यवाद कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आगामी नोभेम्बर २ तारिख शनिबार, बेलुका ५ बजे देखि राति ११ बजेसम्म डी’ लाउन्ज, १११–११३ भिक्टोरिया रोड, अल्डरसट, GU11 1JE मा आयोजना हुने बताइएको छ।
कार्यक्रमको उद्देश्य गुरुङप्रति समुदायले देखाएको माया, आशिर्वाद र सम्मानलाई आत्मसात् गर्दै उनको योगदानको कदर गर्नु रहेको आयोजकहरूले जनाएका छन्। सो अवसरमा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति सहितको बिदाइ तथा धन्यवाद कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमका संयोजकहरूमा पर्षु गुरुङ (०७४७४११३३३६), पुर्णराज गुरुङ (०७८३०५३२६६९) र कुमार गुरुङ (०७५३३१५५७६३) रहेका छन्।
कार्यक्रममा समुदायका सम्पूर्ण सदस्यहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ। थप जानकारीका लागि अश्रम गुरुङ (०७४५४०४३७२०) सँग सम्पर्क गर्न सकिनेछ।
यो बिदाइ तथा धन्यवाद कार्यक्रम नेपाली समुदायबीचको ऐक्यबद्धता, सम्मान र हार्दिकताको प्रतिकको रूपमा मनाइने अपेक्षा गरिएको छ।






