सीएनसीबीजीको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’को तयारी अन्तिम चरणमा

SHARE:


दल बुराथोकी – लन्डन ।

सनिवार २५ अक्टुबर २०२५ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले आइतबार २६ अक्टुबरमा आयोजना गर्ने ‘ग्रान्ड च्यारिटी डिनर नाइट”को तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण साथै गोर्खा र निजका सन्तानहरूका वंशजको नेपाली नागरिकता निरन्तरता अभियानको निम्ति सहयोग जुटाउने उद्देश्यले आयोजना गर्न लागिएको डिनर नाइटको तयारी अन्तिम चरणमा पुगेको सीएनसीबीजीका अध्यक्ष थर्क रानाले एभरेस्ट टाइम्सलाई जानकारी दिएका छन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।

‘अहिले हाम्रो सम्पूर्ण तयारी फाइनल स्टेजमा छ भने विभिन्न संघसंस्थाहरू र व्यक्तिविशेषबाट बुकिङ गर्ने काम भइरहेको छ,’ अध्यक्ष रानाले भने, ‘यो च्यारिटी डिनर नाइट नेपालको भौतिक पुनर्निर्माणको निम्ति भएको हुनाले नेपाली दूतावास लन्डनबाट द्वितीय सचिव सन्जोग राईलगायतले प्रतिनिधित्व गर्नुहुने भएको छ ।’

अध्यक्ष रानाले कार्यक्रमको मुख्य आकर्षण नेपालका चर्चित गायिका कामना ओली र नृत्याङ्गना अश्मिता पुरीका साथसाथै स्थानीय कलाकारहरूको समेत धमकेदार संगीत र नृत्य प्रस्तुति रहने बताए । कार्यक्रममा उपस्थित हुनेले नेपालीहरुको गढ मानिने अल्डरसट बजारमा घुमघाम गर्ने मौकासमेत पाइनेछन् ।

उपस्थित हुन वा सहयोग गर्न चाहनेका लागि अझै पनि समय रहेको भन्दै अध्यक्ष रानाले रजिष्ट्रेसन फर्म खुलै राखिएको जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!