ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)को त्रैमासिक बैठक सम्पन्न

SHARE:

लन्डन २६ अक्टुबर २०२५ । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)को विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै त्रैमासिक बैठक सम्पन्न भएको छ ।

शनिबार २५ अक्टोबरमा संस्थाकी अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा महासचिव सुनील रानाले कार्यसमितिको कार्यप्रतिवेदनका साथै नेपाली कक्षा र नृत्य कक्षाको प्रगति, मिलन रोकाले आर्थिक प्रतिवेदन, दिग्बिजय (धिरज) घलेले प्रोजेक्ट टुगेदरको कार्य विवरण, उपलब्धि र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रोजेक्ट मेनेजर सुशीला मगर, सन्जय राई, ज्ञान गुरुङले सोसल मिडिया, बेवसाईट, भोलिन्टियरिङको बारेमा, सोम घलेले नेपब्रिज (नेपाली समुदायलाई सहयोग)को बारेमा, संस्थाका उपाध्यक्ष डा. विशाल गुरुङले वेल्ज्ली कम्युनिटी गार्डेनको बारेमा साथै सबैले क्रमश: जीआरएनसीमा हरेक दिन, हरेक हप्ता के-के भैरहेको छ र नेपाली समुदायलाई हरेक क्षेत्रमा सरसल्लाह र सहयोग गरेकोबारे पावर पोइन्टको माध्यमबाट प्रस्ट पारेका थिए ।

बैठकमा विगतका सल्लाहकारहरुमा निरन्तरता दिँदै केही सल्लाहकार थप भएको छ भने ट्रस्टीहरुमा केही फेरबदल भएको महासचिव रानाले बताए ।

ट्रस्टीहरूको नियुक्ति
अध्यक्ष लिला सेलिङ माबोले निम्न सदस्यहरूलाई जीआरएनसी ट्रस्टीको रूपमा स्वागत गर्दै औपचारिक रूपमा नियुक्त गरेकी छन् ।
• मिलन रोक्का (कोषाध्यक्ष)
• क्याप्टेन (अव.) ग्यारी घले (ट्रस्टी लिड)
• रामचन्द्र (सुर्जे) गुरुङ
• ओमप्रसाद थापा
• जीवनारायण बेलबासे
• रामधन राई
• मेजर (अव.) खीम गउचन
• क्याप्टेन (अव.) ताम ढेङ्गा
• टोप पल्ली
• डा. जित तामाङ
उपाध्यक्ष अनिता राईले अध्यक्षलाई सहयोग गर्दै नवनियुक्त ट्रस्टी, सल्लाहकार तथा सदस्यहरूलाई खादा प्रदान गर्न मद्दत गरिन् । खेल संयोजक बिमल गुरुङले बैठकको खाजा व्यवस्थापन सुनिश्चित गरे ।

मिडिया संयोजक मिलन तमु र सहायक संयोजक सुशिला मगर, गोमा रानाले बैठकको सबै विवरण नोट गरी समाचारका लागि तयार गरे ।

नयाँ समिति गठन
Community House Initiation Committee गठन गरिएको छ:
• संयोजक: जीवनारायण बेलबासे
• सहायक संयोजक : रामचन्द्र गुरुङ, रामधन राई, ओम थापा, हर्क गुरुङ
• उपाध्यक्षहरू : जीत मेन्याङ्बो, उत्तरबहादुर गुरुङ
• प्रोजेक्ट म्यानेजर: सुशीला थापा, अध्यक्ष र महासचिव

जीआरएनसी विधान संशोधन समिति पनि गठन गरिएको छ:
• संयोजक: क्याप्टेन (अव.) ग्यारी घले
• सहायक संयोजक: जीवनारायण बेलबासे, रामधन राई, डा. बिशाल गुरुङ, महासचिव लेफ्टिनेन्ट (अव.) सुनील राना

सल्लाहकारहरूको स्वागत
• जुमकाजी गुरुङ (अध्यक्ष, तमु धीं यूके)
• हर्क गुरुङ
• केसर गुरुङ
• होम किरात सुनुवार
• मीना गुरुङ (कार्यसमिति सदस्य)

गएको त्रैमासिक बैठकमा पारित गरेअनुसार गोर्खा मेमोरियल ट्रस्ट (जिएम्पी) टिम र जीआरएनसीको ट्रस्टीहरुलाई एकैठाउँमा ल्याइएको छ। संस्थाका उपाध्यक्ष उत्तर गुरुङले गत ५ अक्टुबरमा भएको रश्मूर १० के रनबारेमा समीक्षा गर्दै विगतमा भन्दा उत्साहजनक सहयोगमा खेल सकिएको बताए । उनले सहयोगीलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेका थिए ।

महासचिव रानाले आगामी ८ नोभेम्बरमा पहिलो भीसी कुलबिर थापाको सालिकमा र जति पनि पहिलो, दोस्रो विश्वयुद्धमा ज्यानको आहुति दिने सबै गोर्खा वीरयोद्धाको सम्झना (रिमेम्बरेन्स डे) मा कार्यक्रम हुने जानकारी दिँदै सबै स्थानीय जनसहभागिताका लागि आह्वान गरेका थिए ।

बैठकमा अध्यक्ष लिला सेलिङ माबो, पूर्वअध्यक्षहरु रामचन्द्र गुरुङ (ट्रस्टी), जीव बेल्वासे (ट्रस्टी), रामधन राई (ट्रस्टी), ट्रस्टी क्या.ताम ढेंगा, उपाध्यक्ष उत्तर गुरुङ, अनिता राई, डा. विशाल गुरुङ, जित मेन्याङ्बो, सल्लाहकार हर्कजंग गुरुङ, केशर गुरुङ, क्या. रिटायर्ड वर बहादुर थापा, क्या. रिटायर्ड विष्णु श्रेष्ठ, होम किरात सुनुवार, धन दर्लामी, वीर बलाल, मिलन रोका, मिडिया सेक्रेटेरी मिलन तमु, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, कार्यसमितिका मिना गुरुङ, गोमा राना, विमल गुरुङ, थानबहादुर नाल्बो, सूर्य खापुङ, थानकुमार लिम्बू, सन्जय राई, सुशीला मगर, ज्ञान गुरुङ, सोम घलेलगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

अन्त्यमा बैठक समापनका क्रममा अध्यक्ष माबोले उपस्थित र अनुपस्थित सबैलाई धन्यवाद दिँदै आगामी हुने रिमम्बेरेन्स डेमा उपस्थित भई कार्यकेरम सफल पारिदिन अपिल गरकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!