एभरेस्ट टाइम्स एमडी नेम्बाङद्वारा पाँचथरमा फुटबल प्रतियोगिताका लागि ५० हजार सहयोग

SHARE:

लन्डन २८ अक्टुबर २०२५ । पाँचथर समाज सेवा बेलायतका अध्यक्ष, एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्बाङ दम्पतीले पाँचथरको फाल्गुनन्द-२ इम्बुङमा हुने फुटबल प्रतियोगिताका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल भ्रमणमा रहेका नगेन्द्रराज र श्रीमती पुनम वनेम नेम्बाङले सोमबार सहयोग रकम खेल आयोजक टु-स्टार ग्रामीण सिर्जनशील क्लबका संयोजक अर्जुन नेम्बाङलाई प्रदान गरेका हुन् । खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता यही कात्तिक पूर्णिमा मेलाका अवसरमा १७ देखि २१ गतेसम्म आयोजना हुनेछ ।

खेल सत्यहाङ्मा माविको खेल मैदान इनम रंगशाला इम्बुङमा हुनेछ ।

क्लब संयोजक अर्जुन नेम्बाङले ऐतिहासिक बराहक्षेत्र कार्तिके पूर्णिमा मेला २०८२ पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता साथै विविध कार्यक्रम सहज सम्पन्न गर्नका लागि नगेन्द्रराज नेम्बाङ पूर्वब्रिटिस आर्मी तथा पाँचथर समाज सेवा यूकेका अध्यक्ष र समाजसेवी पुनम वानेम नेम्बाङलाघ आर्थिक सहयोगका लागि धन्यवाद प्रकट गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!