अल्डरसट समुदायम सतर्क रहौं! अक्टोबर २९, बुधबार, अपराह्न ४ बजेको घटना

SHARE:

अल्डरसट, ह्याम्पसायर — बुधबार दिउँसो अल्डरसट पुस्तकालय नजिकै दुई महिलाले दुईजना वृद्ध नेपाली महिलाबाट सुनको चुरा चोरी गर्ने घटना भएको छ। घटनाको समयमा दिपक पुन नामक एक सजग नागरिकले शंका लागेपछि आफ्नो गाडी रोकेर तुरुन्तै कारबाही गरे, ती महिलालाई पछ्याए र चोरी भएका सुनको चुरा फिर्ता गराए। उनका महान कार्य को कारण वृद्ध महिलाहरू ठुलो नोक्सानीबाट जोगिन सफल भए। 👏

पुनका अनुसार ती दुई महिलाहरू अत्यन्तै मिलनसार मुस्कान लिएर वृद्ध महिलाहरूको नजिक पुगेका थिए। उनले मित्रता देखाउँदै आलिङ्गन (हग) गर्न प्रस्ताव गरे, जसलाई ती वृद्ध महिलाहरूले आफ्नो सरलता र निस्कपट भावनाले स्वीकार गरे। तर यही क्षणमा ती महिलाहरूले चालाकीपूर्वक सुनको चुरा चोरी गरेर हिँडे।

सौभाग्यवश, पुनले घटनास्थलमै देखेर ती महिलाहरूलाई पछ्याए र तुरुन्तै प्रहरीमा खबर गरे। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र समुदायलाई सतर्क रहन आग्रह गरेको छ।

समुदायका लागि सन्देश:
👉 वृद्ध वा असहाय व्यक्तिहरू बाहिर जाँदा सावधानी अपनाऔं।
👉 सार्वजनिक स्थानमा अत्यधिक मूल्यवान गहना वा वस्तुहरू नलगाऔं।
👉 अपरिचित व्यक्तिको अत्यधिक नजिकको व्यवहार (जस्तै आलिङ्गन वा अनावश्यक सम्पर्क) प्रति सावधान रहौं।

अल्डरसट समुदायलाई अनुरोध:
यस घटनाबाट सिकौं र हाम्रो वरपरका सबैलाई सचेत बनाऔं। सानो सतर्कताले ठूलो क्षति हुनबाट बचाउन सक्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!