बेलायतको चिसो मौसममा पनि फस्टायो नेपाली करेसाबारी : ८ किलोको लौका फलाउने क्याप्टेन एक नारायण गुरुङ

SHARE:

लन्डन, बेलायत – मेहनत र लगनशीलताले असम्भवलाई पनि सम्भव गराउँछ भन्ने गतिलो उदाहरण बनेका छन् क्याप्टेन एक नारायण गुरुङ। बेलायतको कठ्याङ्ग्रिदो चिसो मौसम, जहाँ सामान्य खेतीपाती नै चुनौतीपूर्ण मानिन्छ, त्यही ठाउँमा गुरुङले आफ्नै करेसाबारीमा ८ किलो तौलको विशाल लौका फलाएर सबैलाई चकित पारेका छन्।

विदेशको व्यस्त जीवनशैलीका बाबजुद पनि हरेक बिहान आफ्नो बारीको हरियालीसँग रमाउने क्याप्टेन गुरुङ भन्छन्, “मैले जीवनमा ८ किलोको लौका कहिल्यै देखेको थिइनँ, तर आज आफैंले फलाइरहेको छु, यसको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ।”

क्याप्टेन गुरुङको करेसाबारीमा लौका मात्र होइन, मौसम अनुसारका विभिन्न सागसब्जी पनि हराभरा भेटिन्छन्। धनिया, फर्सी, खुर्सानी, साग, गोलभेँडा जस्ता तरकारीलगायत अन्य मौसमी खेती पनि उनले आफ्नै बारीमा उत्पादन गर्दै आएका छन्। विदेशमा बसेर पनि नेपाली माटोको स्वाद र खेतीप्रतिको प्रेमलाई निरन्तरता दिइरहेका गुरुङको यो कार्य धेरैका लागि प्रेरणादायी बनेको छ।

पूर्ण रूपमा आफ्नै प्रयास र मेहनतबाट करेसाबारीलाई हराभरा बनाएको उनको भनाइ छ। “चिसो मौसम चुनौतीपूर्ण छ, तर सम्भव छैन भन्ने चाहिँ होइन, मन र कर्म मिल्यो भने जे पनि सम्भव हुन्छ,” उनी दृढ स्वरमा भन्छन्।

उनको बगैंचामा पुग्ने जो–कोही पनि त्यहाँको हरियाली, फुलिरहेको तरकारी र गुरुङको खेतीप्रतिको लगाव देखेर प्रभावित हुने गर्छन्। स्थानीय नेपाली समुदायले पनि गुरुङको यो प्रयासलाई गर्वका साथ हेरेका छन्।

विदेशमा बसेर पनि आफ्नै माटोप्रतिको प्रेम र कृषि कर्मप्रतिको समर्पणलाई जीवन्त राखेका क्याप्टेन एक नारायण गुरुङ वास्तवमै उदाहरणीय व्यक्तित्व बनेका छन्। उनको करेसाबारीले सिकाउँछ— मेहनत भए, परिणाम आफै बोल्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!