तमु ल्होछार उत्सव २०२५” भव्य तयारीमा — BCCUK तर्फबाट सम्पूर्णलाई हार्दिक निमन्त्रण

SHARE:

लण्डन, नोभेम्बर ११ (BCCUK समाचार डेस्क) — गुरुङ समुदायको महान सांस्कृतिक र धार्मिक पर्व तमु ल्होछार २०२५ भव्य रूपमा मनाउने तयारी पूरा भएको छ। BCCUK तर्फबाट सम्पूर्ण गुरुङ तथा गैर–गुरुङ समुदायका सदस्यहरूलाई यस पवित्र अवसरमा सहभागी हुन हार्दिक निमन्त्रण गरिएको छ।

यो वर्षको ल्होछार मङ्गलवार, ३० डिसेम्बर २०२५, बिहान ७:३० देखि साँझ ५ बजेसम्म BCCUK सभाहलमा मनाइने कार्यक्रम तय गरिएको छ। यस अवसरमा धार्मिक, सांस्कृतिक र सामुदायिक गतिविधिहरूको विशेष आयोजना हुनेछ।

कार्यक्रमका संयोजक हितमान गुरुङका अनुसार, “तमु ल्होछार हाम्रो मौलिक परम्परा र आत्मिक संस्कृतिको प्रतीक हो। यस वर्षको उत्सवमा हामी सर्प वर्गलाई बिदा गरी घोडा वर्गलाई स्वागत गर्दैछौं, जसले गतिशीलता, साहस र नयाँ ऊर्जाको प्रतीक गर्दछ,” उनले बताए।

ल्होछार पर्वमा सांग, आयु, छोक र ग्रहशान्ति पूजा, साथै आयु/धिर्घायु अभिषेक र धर्मदेशना जस्ता धार्मिक कार्यक्रमहरू गरिने छन्। यी अनुष्ठानहरूले शरीर, मन र आत्माको शुद्धिकरण, ग्रहदोष निवारण र सकारात्मक ऊर्जाको प्रसारण गर्ने विश्वास गरिएको छ।

कार्यक्रमको मुख्य आतिथ्य महामहिम तुल्कु थुब्वाङ्गा तेन्जिङ रिन्पोचे (तुल्कु सुजन गुरुङ) रहनेछन्। उहाँको विशेष धर्मदेशनाले सहभागीहरूमा शान्ति, ज्ञान र आध्यात्मिक प्रेरणा जगाउने अपेक्षा गरिएको छ।

ग्रहशान्ति पूजामा सहभागी हुने सबैलाई BCCUK तर्फबाट विशेष आह्वान गरिएको छ। आयोजक समितिका सदस्यहरूले जनाएका छन् कि, “ग्रहशान्ति पूजाले जीवनमा आउने बाधा, रोग र दुर्भाग्य हटाई सफलता, समृद्धि र दीर्घायुको मार्ग प्रशस्त गर्दछ।”

कार्यक्रमले गुरुङ समुदायबीच एकता, सहअस्तित्व र संस्कृतिप्रतिको गर्व पुनः प्रकट गर्ने उद्देश्य लिएको छ।
BCCUK परिवारले सबै समुदायका दाजुभाइ, दिदीबहिनीहरूलाई यस ऐतिहासिक अवसरमा सहभागी भई तामु ल्होछार २०२५ लाई स्मरणीय र पवित्र उत्सव बनाउन हार्दिक अनुरोध गरेको छ।

📅 कार्यक्रम विवरण:
• मिति: मङ्गलवार, ३० डिसेम्बर २०२५
• समय: बिहान ०७:३० – साँझ १७:००
• स्थान: BCCUK सभाहल
• संयोजक: हितमान गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!