लन्डनमा निधन भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन सहयोग संकलन चल्दै

SHARE:

लन्डन १५ नोभेम्बर २०२५ । लन्डनमा आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी, योमन चन्द, को शव नेपाल पठाउन सहयोग संकलन सुरु गरिएको छ । शनिबार बिहानसम्म गो फन्ड मिमा १० हजार ८ सय १८ पाउन्ड संकलन भइसकेको छ । जसको नेपाली रुपैयाँ २० लाखभन्दा बढी हुन्छ ।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ निवासी योमन चन्दको गत मंगलबार बिहान निधन भएको थियो।

युनिभर्सिटी अफ हर्टफोर्डसायरमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर यसै साता सर्टिफिकेट लिने योजना बनाएका थिए।

उनक शव नर्थविक पार्क हस्पिटलमा राखिएको र कोरोनरको रिपोर्ट आए पछि उनका निकटस्थलाई हस्तान्तरण गरिने जनाइएको छ।

स्वर्गीय योमनका बुवा शेर बहादुर चन्द तथा आमा ओइली चन्दले आफ्नो छोराको मुख हेर्न शव नेपाल नै पठाई दिन अनुरोध गरे पछि सहयोग संकलन अभियान सुरु गरिएको एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बताए। उनले यो मानवीय कार्यमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे।

बिहीबार बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङ लगायत पदाधिकारीहरु र स्वर्गीय योमनका साथी तथा नातेदार समेतको उपस्थितिमा योमनका बुवा आमासंग सम्पर्क गरी नेपाली समुदायले सहयोग संकलन गरी शव नेपाल पठाउन पहल गर्ने निर्णय गरिएको थियो। बैठकले ‘वन विन्डो’ प्रक्रियाबाट सहयोग संकलन गरी शव नेपाल पठाउने कामको संयोजन तथा अनुगमन गर्न एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङ, समाजका उपाध्यक्ष मुरारी थापा, समाजकै कम्युनिटी हेल्थ एण्ड वेलबिइंग कोअर्डीनेटर सुषमा गुरुङ, भाइ (फुपूको छोरा) सुजन शाह, बहिनी सोनम रावत, साथीहरु मनोज कुँवर तथा प्रमिला नेपाली रहेको एक समिति पनि गठन गरेको छ।

समितिले निम्न ‘गो फन्ड मि’ लिंकमा गएर सक्दो सहयोग गर्न बेलायतस्थित नेपाली संघसंस्था तथा सबै नेपालीहरुलाई हार्दिक अनुरोध गरेको छ।

https://www.gofundme.com/f/help-bring-our-beloved-yoman-chand-home-to-nepal?lang=en_GB

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!