लन्डन १७ नोभेम्बर २०२५ । लमजुङ समाज यूकेको हाउजिङ च्यारिटी डिनर नाइट भव्य रुपमा सम्पन्न भएको छ ।
यही १६ नोभेम्बर २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङको अध्यक्षता र नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रम कोसेलीसहित हाउजिङ च्यारिटी सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए भने संस्थापक अध्यक्ष चन्द्र गुरुङले हाउजिङ प्रोजेक्टबारे प्रस्तुति राखेका थिए ।
प्रमुख अतिथि दुवाडी, अध्यक्ष गुरुङ, उपाध्यक्ष कुमार गुरुङ, आमा समूह अध्यक्ष तारा गुरुङलगायत बोलेका थिए । कार्यक्रममा राफल ड्र खेलाइएको थियो ।
कार्यक्रम कोअर्डिनेटर उपाध्यक्ष कुमार गुरुङ र औपचारिक कार्यक्रम सञ्चालन महासचिव कृष्ण गुरुङ थिए । सांस्कृतिक कार्यक्रम कोअर्डिनेटर इन्द्रजित गुरुङ, सांस्कृतिक कार्यक्रम सञ्चालन सल्लाहकार पूर्णचन्द्र मेघी गुरुङ, हेलिसा गुरुङ र सलेना गुरुङले गरेका थिए ।
हाउजिङ कार्यक्रमलाई अर्थपूर्ण र सफल बनाउन सहयोग पुर्याउने सबैलाई अध्यक्ष पूर्णराज गुरुङले धन्यवाद प्रकट गरेका छन् ।








