विभिन्न कार्यक्रमसहित ३ जनवरी २०२६ मा ल्होछार/ल्होसार मनाउँदै तमु समाज युके

SHARE:

लन्डन १९ नोभेम्बर २०२५ । हरेक वर्षझैं विविध कार्यक्रमसहित तमु समाज युकेले आगामी ३ जनवरी २०२६ मा ल्होछार/ल्होसार मनाउने भएको छ ।

ह्यारो लेजर सेन्टरको बायरन हलमा शनिबार ३ जनवरीमा त ल्हो को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमसहित ल्होछार/ल्होसार मनाउने तयारी रहेको तमु समाज युकेले जनाएको छ । कार्यक्रम साँझ ४:३० बजेदेखि राति साढे १२ बजेसम्म हुनेछ ।

कार्यक्रममा सपरिवार उपस्थितिका लागि बेलायतवासी सम्पूर्ण तमु तथा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरूलाई तमु समाज युकेले निमन्त्रणा गरेको छ ।

तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै यस वर्ष तमु (गुरुङ) समुदायले बेलायत, नेपाल लगायत देशमा त ल्हो ल्होछार मनाउँदै छन् । गुरुङ समुदायले हरेक वर्ष पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!