जीआरएनसी यूकेको आयोजनामा बृहत् कार्यक्रम : कुन विज्ञले के विषयमा राखे प्रस्तुतिकरण ?

SHARE:

लन्डन २४ नोभेम्बर २०२५ । बेलायतमा ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा बृहत् कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार २२ नोभेम्बर २०२५ मा अल्डरसटस्थित वेस्ट एन्ड सेन्टरमा एक विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले महत्वपूर्ण प्रस्तुतिकरण राखेको जीआरएनसीकी अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिइन् ।

रश्मूर लिंक डाइरेक्टरीको प्रस्तुतिकरण हेधर चाल्क्लीले गरेका थिए । जसलाई सुशीला थापाले नेपाली भाषामा अनुवाद गरेकी थिइन् । उक्त लिंकमा ४०० भन्दा बढी सदस्यहरू समावेश भइसकेका छन् ।

रश्मूर बरो काउन्सिलको कम्युनिटी एवं पार्टनरसिप्स टिमबाट टोनी म्याकगर्भनले परियोजनाबारे विस्तृत जानकारी दिए । काउन्सिलर गेरेथ विलियम्सले स्थानीय सरकारसम्बन्धी प्रस्तावको अपडेट प्रस्तुत गरे ।

सीमा श्रेष्ठले आर्म्ड फोर्सेस प्रोजेक्टबारे जानकारी दिइन् भने प्रोजेक्ट म्यानेजर सुशीला थापा र असिस्टेन्ट प्रोजेक्ट लिड सञ्जय राईले जीआरएनसी परियोजनाबारे अपडेट गराए । दृग्विजय घलेले ‘प्रोजेक्ट टुगेदर’बारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा काउन्सिलर सोफी पोर्टर, उपनेता, रश्मूर बरो काउन्सिल, जीआरएनसीका पूर्वअध्यक्ष तथा ट्रस्टी रामधन राई र ट्रस्टी ओम थापा, सल्लाहकारहरू क्याप्टेज (सेवानिवृत्त) महेन्द्र लिम्बु, क्याप्टेन (सेवानिवृत्त) राजेन्द्रमान गुरुङ, मेजर (सेवानिवृत्त) टेकेन्द्रमान गुरुङ, क्याप्टेन (सेवानिवृत्त) वीर थापा तथा पूर्व काउन्सिलर नेम थापा,ह्याम्पशायर काउन्टी काउन्सिलर एलेक्स क्रअफर्डको उपस्थिति थियो ।

नेपाली/गोरखा समुदायका प्रतिनिधिहरुमा नेपाली/गोर्खा समुदाय, क्याम्बर्लीका अध्यक्ष गणेश गुरुङ, योगगुरु मेघबहादुर गुरुङ, एथलेटका स्वर्णपदक विजेता सरिना घले, सगर गुरुङ, प्रतिमा जोशी तथा परिवारको उपस्थिति थियो ।

जीआरएनसीको तर्फबाट सचिव प्रजेश श्रेष्ठ,सदस्यहरू मिना गुरुङ, अनिल थापा, निकिता गुरुङ, यूएचएसबीको तर्फबाट अध्यक्ष ननु राना, पार्वती थापा, जमुना थापा, मनु राना, विपना थापा, शर्मिला कुँवर उपस्थित थिए ।

सबैको उपस्थिति र सहभागिताले कार्यक्रम अत्यन्तै सफल भएको जनाउँदै अध्यक्ष माबोले उपस्थित सबै महानुभावहरूलाई धन्यवाद व्यक्त गरेकी छन् । उनले जीआरएनसीको आगामी कार्यक्रमहरूमा निरन्तर साथ र सहभागिता पाउने आशा व्यक्त गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!