
लन्डन ८ डिसेम्बर २०२५ । तमु धीं लन्डन ब्रान्च यूकेको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
लन्डनको सड्बडी हिलस्थित पोस्ट अफिस हलमा ७ डिसेम्बर २०२५ मा इकाईका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । साधारणसभामा तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ, उनकी श्रीमती एवं आमा समूहकी अध्यक्ष कमला गुरुङको प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
सभाध्यक्ष, प्रमुख अतिथि, बार्नेट बरो अफ लन्डनका काउन्सिलर लक्ष्यबहादुर गुरुङ, आमा अध्यक्ष देवकला गुरुङ, पूर्वअध्यक्ष एवं ट्रस्टी डेबिड गुरुङले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरे ।
सभामा महासचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत र छलफल गरिएको थियो । सोही अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिथि तथा वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
इकाईका अध्यक्ष भरत गुरुङले वार्षिक बैठकलाई विशेष महत्त्व राख्दै बैठकमा उपस्थित संस्थाका पूर्वअध्यक्ष तथा ट्रस्टिजहरु, कार्यसमिति, आमा समूहकी अध्यक्षलगायत आमा समूह तथा उपस्थित सबैप्रति विशेष धन्यवाद दिए ।
महासचिव रक गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।








