गोली लागेर तीन सुरक्षाकर्मीसहित १५ को मृत्यु

SHARE:

क्वाला ए नाव । अफगानिस्तानमा भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस जिल्लामा शुक्रबार यो घटना भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल अजिज बिगले शनिबार जानकारी दिए । तालिबान लडाकूहरुले सुरक्षा चेकपोष्टमा आक्रमण गरेपछि गोली हानाहान भएको उनले बताए ।

भिडन्तमा परी आठ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएका छन् । तर घटनाका बारेमा अहिले सम्म प्रहरी वा तालिबान लडाकू कुनै पक्षले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!