पाँचथर समाज सेवा यूकेद्वारा क्यान्सरपीडित पत्रकार सेर्मालाई २ लाख ४८ हजार सहयोग हस्तान्तरण

SHARE:

लन्डन ९ डिसेम्बर २०२५ । पाँचथर समाज सेवा यूकेले क्यान्सरपीडित पत्रकार कबिन्द्र सेर्मालाई २ लाख ४८ हजार सहयोग हस्तान्तरण गरेको छ ।

बीएफबीएस गोर्खा रेडियोको स्टेसनमा मंगलबार पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्बाङले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रम स्वर्णिम सङ्गम प्रस्तोता तुलसी बस्नेतले रेडियोमा अन द एयर र फेसबुक लाइभ प्रसारण गरेका थिए ।

सहयोग रकम संकलन अभियान यूकेमा रहेका साहित्यकार एवं गीतकार लिलाराज काम्बाङ्ले मुख्य भूमिका खेलेका थिए भने समाजसेवी सकुन्तला नेम्बाङ, पाँचथर समाज सेवा यूकेकी निवर्तमान अध्यक्ष शान्ति लिम्बु र रुमा सावासहित खटिए अध्यक्ष नेम्बाङले जानकारी गराए ।

पाँचथर समाज सेवा यूकेबाहेक संघसंस्थाका सदस्य, साहित्यकार गायक/गायिका गीतकारसहितले सहयोग गरेका थिए । सहयोगदाताहरु सबैको नामावली बीएफबीएस गोर्खा रेडियोबाट वाचन गरिएको थियो । सम्पूर्ण सहयोगदाताहरुलाई पीडित सेर्मा र अध्यक्ष नेम्बाङले धन्यवाद दिएका थिए ।

पीडित सेर्माले आफ्नो स्वास्थ्य सुधार भैरहेको बताए । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रही प्रत्येक महिना अर्को एक वर्षसम्मका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका लागि जानु पर्ने उनले सुनाए ।

थप उपचारका लागि अझ खर्च चाहिने भएकोले पीडितले फेरि पनि सहयोगको अपेक्षा रेडियोमार्फत राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!