पासा पुचः गुथि यूके साउथ इष्ट च्याप्टरले मनायो योमरी पुन्ही

SHARE:

लन्डन १० डिसेम्बर २०२५। पासा पुचः गुथि यूके साउथ इष्ट च्याप्टरले योमरी पुन्ही मनाएको छ ।

प्लमस्टिडस्थित गोर्खा क्याप्रीकर्न क्लबमा योमरी बनाउने र खाने प्रतियोगितासहित नेवा समुदायको महत्वपूर्ण चाड योमरी पुन्ही शनिबार मनाइएको हो । सोनी श्रेष्ठले संयोजन गरेको कार्यक्रममा स्थानीय नेवा समुदायको उल्लेख्य सहभागिता थियो । उक्त अवसरमा आयोजित योमरी बनाउने प्रतियोगितामा सकुन्तला ताम्राकार विजेता भइन् भने उपविजेता बने चञ्चला श्रेष्ठ र जुनु कोजु श्रेष्ठ ।

योमरी खाने प्रतियोगितामा विजेता सत्य प्रसाद प्रजापति बने । योमरी बनाउने प्रतियोगितामा १० जनाले प्रतिष्पर्धा गरेका थिए भने योमरी खाने प्रतियोगितामा ७ जना प्रतिष्पर्धी थिए । महासचिव ईश्वर महर्जनले सञ्चालन गरेको कार्यक्रममा च्याप्टर अध्यक्ष सुरोज मास्केले शुभकामना दिँदै पर्वबारे प्रकाश पारे । उनले सहयोगी र सहभागी सबैप्रति आभार समेत व्यक्त गरे ।

अध्यक्ष मास्केले कार्यक्रममा सहभागी नेपालबाट आएका विशेष पाहुना र निर्णायकहरु धर्म महर्जन र हिरादेवी महर्जनप्रति आभार समेत व्यक्त गरेका थिए । च्याप्टरले विगत १४ वर्षदेखि योमरी पुन्ही र यसलाई थप रोचक बनाउन सन् २०१७ देखि प्रतियोगिता गर्दै आएको पूर्वअध्यक्ष सुशील प्रजापतिले बताए । पासा पुचः गुथि रेडिङ च्याप्टरले भने सन् २०२२ देखि यो पर्व मनाउँदै आएको छ ।

योमरीलाई यमरी पनि भन्ने गरिन्छ । नेवाः भाषा अर्थात् नेपाल भाषामा यःमरी भनेको मनपर्ने रोटी र पुन्ही भनेको पूर्णिमा हो । खेतबारीबाट नयां अन्न घर भित्रयाएपछि एक विशेष प्रकारको रोटी बनाएर कुल देवता, इष्ट देवता तथा पितृहरूलाई चढाएपछि आफूले पनि प्रसादको रूपमा ग्रहण गर्ने नेवाः परम्परागत चाड नै योमरी पुन्हीका रुपमा प्रचलित छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!