नेपाली समाज नटिङ्‍घम इस्ट मिडल्याण्ड यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा अधिकारी

SHARE:

लन्डन १० डिसेम्बर २०२५ । नेपाली समाज नटिङ्‍घम इस्ट मिडल्याण्ड यूकेको अध्यक्षमा लोकनाथ अधिकारी निर्वाचित भएका छन् ।

सोमबार ८ डिसेम्बर २०२५ मा भएको समाजको नवौं अधिवेशनबाट अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । उपाध्यक्षहरुमा रेशम खड़का र नीरू चालिसे, महासचिव डिलाराम गौतम, सचिव विवेक खाती क्षेत्री, कोषाध्यक्ष मोहन केसी र सहकोषाध्यक्षमा अर्जुन सापकोटा निर्वाचित भएका छन् ।

सदस्यहरूमा खगेन्द्र सहानी, विष्णु गुरुङ, मिलन सापकोटा, शालिकग्राम घिमिरे, शम्भूराज गौतम, जमुना सुवेदी, सुदीप उप्रेती, चन्द्र खत्री, भीम भोलन, रुक्मांगत अर्याल, आशीष तुलाधर चुनिएको निर्वाचन समितिले जनाएको छ । केही खाली पद पछि थप्ने जनाइएको छ ।

निर्वाचनका लागि रवीन्द्र शर्माको नेतृत्वको संयोजकत्वमा तीन सदस्यीय निर्वाचिन समिति बनाइएको थियो । सदस्यहरूमा शेखर कँडेल, कल्पना गुरूङ थिए ।

अधिवेशनको बन्दसत्रमा कार्यसमितिले प्रस्तुत गरिएका आर्थिक प्रतिवेदन, महासचिवको दुई वर्ष कार्यकालको प्रगति विवरणको प्रतिवेदन र विधान संशोधन समितिका संयोजक बिष्णु चालिसे र सदस्यहरूमा प्रविण ओझा, राम पन्थी, रेशम खड़का, गंगा ढकालसहितको टिमले विधानमा गरिएका संशोधनका बुँदामा दफावार घनिभूत छलफलमा भाग लिई महत्वपूर्ण सुझावसहित पारित गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!