बेलायतस्थित क्रेनिङटन आमा समूहद्वारा मानवसेवा आश्रम बागलुङलाई आर्थिक सहयोग

SHARE:

लन्डन १२ डिसेम्बर २०२५ । यूकेस्थित क्रेनिङटन आमा समूहले मानवसेवा आश्रम बागलुङ शाखालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बागलुङ शाखाको सेवा व्यवस्थापनलाई अझ सुदृढ बनाउन समूहको प्रतिनिधित्व गर्दै नेपाल आएकी चन्द्रमाया थापामार्फत सो रकम मंगलबार आश्रमलाई हस्तान्तरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति समर्पणका साथ गरिएको यस सहयोगले आश्रमको सेवा कार्यमा थप ऊर्जा मिलेको आश्रमले जनाएको छ । परदेशबाट पनि मानवताको सेवामा हात अगाडि बढाएको भन्दै समूहलाई आश्रम परिवारले आभार प्रकट गरेको छ। मानवसेवा आश्रमले देशभर २९ वटा शाखा विस्तार गरी सडकआश्रित, बेवारिसे र असहाय व्यक्तिहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको छ।

मानवसेवा आश्रमले वि.सं. २०६९ साल भाद्र १३ गते मकवानपुरको हेटौँडाबाट औपचारिक रूपमा सेवा सञ्चालन गरेको हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!