लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म 
’टेडुनेट’ सार्वजनिक

SHARE:

लन्डन १७ डिसेम्बर २०२५ । आधुनिक शिक्षा प्रणाली विश्वव्यापी रूपमा परिवर्तनको चरणमा प्रवेश गरिरहेको छ, जहाँ प्रविधिले सिकाइको स्वरूपलाई पुनःपरिभाषित गरिरहेको छ।

यही परिवर्तनशील सन्दर्भमा टेडुनेट (EdTech) ले शिक्षालाई विद्यार्थी–केन्द्रित बनाउने लक्ष्यसहित लन्डनबाट आफ्नो औपचारिक काम शुभारम्भ गरेको छ।

परम्परागत शिक्षण ढाँचाले सबै विद्यार्थीको आवश्यकता समान रूपमा सम्बोधन गर्न नसकेको अवस्थामा टेडुनेटको अवधारणा जन्मिएको संस्थापक सुमित र नितेशले बताएका छन्। उनीहरूका अनुसार प्रत्येक विद्यार्थीको क्षमता, रुचि र सिकाइ गति फरक हुने भएकाले प्रविधिको माध्यमबाट वैयक्तिक सिकाइ सम्भव बनाउन आवश्यक देखिएको हो ।

सन् २०२५ मा सुरु भएको टेडुनेटले शिक्षण सामग्री, मूल्याङ्कन प्रणाली र सिकाइ प्रक्रियालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरेको छ । यसले विद्यार्थीलाई आफ्नै गति र आवश्यकताअनुसार सिक्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ, जसले शैक्षिक लक्ष्य हासिल गर्न सहयोग पुरयाउने अपेक्षा छ।

टेडुनेटको टोलीमा विभिन्न विषयका अनुभवी शिक्षक, शिक्षा विज्ञ तथा प्रविधि विशेषज्ञहरूको सहभागिता छ । उनीहरूको साझा उद्देश्य प्रविधिलाई शिक्षासँग सन्तुलित रूपमा प्रयोग गर्दै शिक्षक–विद्यार्थीबीचको मानवीय सम्बन्धलाई कायम राख्नु हो।

टेडुनेटलाई केवल प्रविधिमा आधारित समाधानका रूपमा मात्र नभई शिक्षा क्षेत्रमा दीर्घकालीन सोच परिवर्तन ल्याउने पहलका रूपमा हेरिएको छ । ‘प्रविधिले शिक्षा सहज बनाओस्, तर शिक्षाको मूल मानवीय मूल्य कमजोर नहोस् भन्ने दर्शनसहित टेडुनेट अघि बढिरहेको छ’, संस्थापक सुमितले भने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!