लन्डन १८ डिसेम्बर २०२५ । बेलायतमा नेपाली व्यवसायी तथा समाजसेवी ऋषिराम रानामगरले लक्की ड्रागन रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा रानाले अल्डरसटको युनियन स्ट्रिटमा १२ डिसेम्बर २०२५ देखि लक्की ड्रागन प्रारम्भ गरेका हुन् । प्रज्वल राना म्यानेजर रहेको लक्की ड्रागनको ग्रान्ड ओपनिङ नयाँ वर्ष सुरु भइसकेपछि गरिने व्यवसायी रानाले बताएका छन् ।
लक्की ड्रागनमा विविध खालका परिकारमा लन्च, डिनरको बफेट सिस्टममा सुविधा दिइन्छ । लक्की ड्रागनमा बुकिङको पनि सुविधा छ । एकै समयमा ७६ जनाको सिटिङ क्षमता रहेको छ ।
रानाले द प्यालेस रेस्टुरेन्ट, मोक चाइना, स्टेशन क्याफेलगायत यसअघि देखि नै सञ्चालन गरिरहेका छन् ।






