जानु काम्बाङ
लन्डन । अक्सफोर्ड नेपाली समाज युकेले नेपाली नयाँ साल भव्यताको साथ मनाएको छ ।

अक्सफोर्ड सयरको साफा चियरमेन रिटायर ब्रिग्रेडियर ईएन ताल्बोट्को प्रमुख आतिथ्यतामा यही अप्रिल १४ शनिबारका दिन नेपाली नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइएको हो । अध्यक्ष मान थापाको अक्ष्यतामा सञ्चालित कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै समाजसेवी शिव थेबेले स्वागत मन्तव्य दिएका थिए ।
अक्सफोर्डवासी आमा बाबाहरुको बाक्लो उपस्थिति रहेको रमाइलो कार्यक्रममा सांस्कृतिक प्रोग्रामतपÞर्m ब्रक्स युनिभर सिटीमा अध्ययनरत नानीहरु सुमित गुरुङ, शिशिर थापा र सनिम लिम्बूको टिमले गीत गाएर भरपुर मनोरञ्जन दिलाएका थिए भने नृत्यतपÞर्m अन्तर्राष्ट्रिय रन्वे मोडेल तथा डान्सर अनिता लिम्बूलगायत स्थानीय कलाकार स्वस्तिका लिम्बू, सोफिया राई र सन्ध्या राईले नाचेर दर्शकहरुलाई एकत्रित गराएका थिए ।
त्यसैगरी अक्सफोर्ड नेपाली समाजले सदाझैं यो पाली पनि विभिन्न पुरस्कारहरुको आयोजना गर्दै मनोरजनात्मक खेलहरु पनि राखेका थिए ।
यतिमात्र होइन अक्सफोर्ड नेपाली समाजले थुप्रै नेपालबाट भर्खर पाएका नयाँ सदस्यहरुलाई पनि खादा ओढाई स्वागत तथा सम्मान गरेको
थियो ।
अक्सफोर्ड नेपाली समाज युकेले यस्ता राम्रा कामहरु सुरुआतीकालदेखि नै गर्दै आइरहेको छ जस्तै, यहाँ आई बसोबास गरिरहेका सिनियर सिटीजनहरुलाई बसोबासको बन्दोबस्त काउन्सिलिङ, बैंकिङ्ग र हस्पिटललगायत अन्य भर अभरमा साफाद्वारा मद्दत उपलब्ध गराउँदै हरेक मंगलबार दिउँसो उनीहरुको दैनिकी बदल्न अंग्रेजी स्कुल पनि सञ्चालन गर्दै आइरहेका छन् ।
‘आफ्नो भाषा लिपि र संस्कार संस्कृतिको जगेर्ना हामी जहाँ रहे पनि गर्नु पर्छ’ भन्ने मूल नाराका साथ खोलिएको सो संस्थाले नेपाली सबै चाडहरुलाई मनाउँदै आइरहेको छ ।






