विघटित प्रतिनिधिसभाका सांसद अमरेश सिंह बेलायतमा

SHARE:


लन्डन ३१ डिसेम्बर २०२५ । विघटित प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंह बेलायत आएका छन् ।

नेता सिंह बुधबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनलाई स्वागतका लागि मधेसी समाज यूकेका नेता भाग्यनारायण यादव, उदय सिंह, दिलीप महासेठ, समाजसेवी आरके त्रिपाठीलगायत एयरपोर्ट पुगेका थिए ।

एयरपोर्टमा संक्षिप्त भनाइ राख्दै नेता सिंहले नेपाललाई सबैको गन्तव्य मुलुक बनाउनु पर्नेमा जोड दिँदै डायस्पोरामा रहेका नेपाली समुदायलाई आग्रह गरे ।

‘एकचोटीको नेपाली सधैंको नेपाली । त्यसमा म विश्वास गर्छु । डायस्पोराका नेपाली कम्युनिटीलाई नेपालको स्ट्रेन्थको रुपमा प्रयोग गर्नुपर्छ । उहाँहरुको सीप र स्रोत (फाइनान्स) नेपालमा लगानी हुनुपर्छ । त्यसका लागि विश्वमा छरिएर रहेका नेपालीहरुलाई म आग्रह गर्न चाहन्छु- नेपाल बनाउनु पर्छ । नेपाललाई राम्रो देश बनाउनुपर्छ । सबैको गन्तव्य बनाउनुपर्छ ।’

उनले बेलायतको विकासबाट नेपालले सहयोग लिएर नेपाललाई विकसित गर्नतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए । बेलायत आएर साथीभाइ र आफन्त भेट्न पाउँदा खुसी लागेको भन्दै स्वागतका लागि एयरपोर्ट पुग्ने सबैलाई धन्यवाद दिए ।

नेता सिंह १३ जनवरी २०२६ सम्म बेलायत रहने गरी भ्रमणमा आएको समाजसेवी तथा नेता आरके त्रिपाठीले एभरेस्ट टाइम्सलाई जानकारी दिए । सिंहले बेलायत रहँदा यहाँको मानवअधिकार, सुशासन, यातायातलगायत विकास अध्ययन/अवलोकन गर्नेछन् । यस्तै बेलायतका विभिन्न स्थानमा रहेका नेपाली समुदायसँग भेटघाटसमेत गर्ने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!