सोंपाल समाज युकेद्वारा ‘त ल्हो’ ल्होछार भव्य रूपमा सम्पन्न [हेरौं २५ फोटो]

SHARE:

लण्डन, ३ जनवरी २०२६ – सोंपाल समाज युकेले ‘त ल्हो’ (मुसा वर्ग) को अवसरमा शनिबार ग्रिनफोर्ड कम्युनिटी हलमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होछार पर्व हर्षोल्लासका साथ सम्पन्न गरेको छ। समाजका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता र सचिव नवराज गुरुङको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

विशेष उपस्थिति र समुद्घाटन

कार्यक्रममा समाजका ज्येष्ठ सदस्य दल बहादुर गुरुङले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो। विशिष्ट अतिथिहरूमा तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा अध्यक्ष श्रीमती कमला देवी गुरुङ रहनुभएको थियो। त्यस्तै, दक्षिण पूर्वी क्षेत्रीय तमु धींका अध्यक्ष शिवराम गुरुङ MBE र पूर्व आमा प्रमुख श्रीमती बिन्दु माया गुरुङ पनि अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको विधिवत् समुद्घाटन सामुहिक रूपमा द्वीप प्रज्वलन गरी गरिएको थियो। जसमा अध्यक्ष जगदीश गुरुङ, प्रमुख अतिथि दल बहादुर गुरुङ, विशिष्ट अतिथि जुम काजी गुरुङ, आमा अध्यक्ष मन देवी गुरुङ, संस्थापक अध्यक्ष विजय गुरुङ, संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङ र ज्येष्ठ ज्वाइँ इन्द्र बहादुर गुरुङ सहभागी हुनुहुन्थ्यो।

मन्तव्य र शुभकामना आदानप्रदान

प्रथम उपाध्यक्ष भरत गुरुङले स्वागत मन्तव्यमार्फत पाहुनाहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सुरुमा संयोजक नवराज गुरुङ र स्वास्थ्य सुरक्षा सचिव चन्द्र बहादुर गुरुङले महत्वपूर्ण जानकारीहरू राख्नुभएको थियो। आमा अध्यक्ष मनदेवी गुरुङ र संस्थापक अध्यक्ष विजय बहादुर गुरुङले सबै पूर्व अध्यक्षहरूको भावनालाई समेट्दै शुभकामना व्यक्त गर्नुभयो। संस्थापक अध्यक्षले गीत गाएर माहोललाई थप मनोरञ्जनात्मक बनाउनुभएको थियो।

सम्मान तथा अभिनन्दन

समाजमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको यस कार्यक्रममा:

  • श्रीमती नयिन्द्र गुरुङ (संस्थापक आमा अध्यक्ष): उहाँको अतुलनीय योगदानको कदर गर्दै अभिनन्दन पत्रद्वारा सम्मानित गरिएको थियो।

  • श्रीमती इन्द्रावती गुरुङ (संस्थापक आमा उपाध्यक्ष): अक्टोबरमा सम्पन्न च्यारिटी डिनरमा पुर्याउनुभएको योगदानका लागि प्रशंसा पत्र प्रदान गरियो।

  • ले. रिटायर्ड भिम बहादुर गुरुङ तथा श्रीमती सेतीमाया गुरुङ: कार्यक्रममा पेय पदार्थ सौजन्य गर्नुभएकोमा उहाँहरूलाई विशेष प्रशंसा पत्रले सम्मान गरियो।

त्यस्तै, विभिन्न क्षेत्रमा उपलब्धि हासिल गर्ने बाबुनानीहरू र आफ्नो ‘ल्हो’ परेका सदस्यहरूलाई खादा लगाएर ‘स्यै श्याई’ गरिएको थियो।

सांस्कृतिक प्रस्तुति र आकर्षण

सांस्कृतिक कार्यक्रमको सुरुवात आमा समूहको भजन र दीपा एवं योद्धा गुरुङको सुन्दर नृत्यबाट भएको थियो। सन्तोषी गुरुङको एकल नृत्य, खुष्मा र विजयको जोडी, र बालबालिकाहरूको प्रस्तुतिले दर्शकको मन जितेको थियो। गायनतर्फ जेनी, सिम्रिक, मोना, सुजन र जय गुरुङले उत्कृष्ट प्रस्तुति दिएका थिए।

नेपालबाट आउनुभएका राष्ट्रिय कलाकार अर्जुन कौशलको विशेष प्रस्तुतिमा हलभरिका दर्शकहरू झुमेका थिए। कार्यक्रमको अन्त्यमा उत्कृष्ट गुरुङ पहिरन लगाउने चार जनालाई नगद पुरस्कार र ‘रफल ड्र’ बाट विभिन्न उपहारहरू वितरण गरियो। रफल ड्रको प्रथम पुरस्कार (सुनको चन्द्रमा) पूर्व आमा अध्यक्ष श्रीमती माया गुरुङले जित्नुभएको थियो।

ऐतिहासिक उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव क्या. रिटायर्ड मोहन गुरुङले गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष जगदीश गुरुङले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

जय सोंपाल !

तस्बिर सौजन्य : भरत गुरुङ र पार्वती गुरुङ (माइला)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!