एनआरएनए यूकेको स्कटल्यान्ड बैठक : संरक्षक, सल्लाहकार नियुक्तिदेखि नयाँ सदस्यता आह्वानसम्मका निर्णय

SHARE:

लन्डन ७ जनवरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सोमबार स्कटल्याण्डमा भौतिक रुपमा बसेको कार्यसमितिको पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसेको बैठकले संरक्षकसहित सल्लाहकार र कोअप सदस्यहरु नियुक्त, नयाँ सदस्य आह्वानलगायत निर्णय गरेको हो ।
संरक्षक

  • चिरञ्जीवी ढकाल

सल्लाहकारहरु
इन्जिनियर तुल्सी फुयाल
एकेन्द्र गुरुङ
जुमकाजी गुरुङ
कुसाङ गुरुङ
मिन गुरुङ
माधवलाल श्रेष्ठ
लक्ष्मी केसी
रोमनाथ पाण्डे
दिनेश घिमिरे
सुशीला राई
रामचन्द्र पोखरेल
ह्यारी गुरुङ
विनोद पुरी
राजु आचार्य
रामप्रसाद न्यौपाने
डा. मुकुन्द बास्तोला
मेजर इन्द्र प्रसाद राई
डा. प्रमोद कोई राई
रामप्रसाद बगाले
मोती खरेल
विष्णु बलाल मगर
सुरेश गौतम
प्रकृति थापा प्याकुरेल
डा.केशव भट्टराई
मनिष खत्री
शशी कार्की
डा.बिना घिमिरे
शिव पराजुली
परशुराम पाण्डे
यज्ञ क्षेत्री
गणेश गुरुङ

कोअप सदस्य

  • हरि गुरुङ
  • गौतम राई
  • पद्म गोले
  • रिता कार्की गौतम

नयाँ सदस्य बन्न आह्वान
कार्यसमिति बैठकले एनआरएनए आईसीसीको निर्देशन अनुसार नयाँ सदस्यता आह्वान भएकाले एमआइएस प्रणालीमार्फत सदस्य बन्न आग्रह गरेको छ । १० पाउन्ड तिरेर सदस्य भएपछि आगामी फेब्रुअरीमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा डेलिगेट्सका लागि प्रतिस्पर्धा गर्न पाइनेछ ।

विधान संशोधन उपसमिति गठन

  • उपाध्यक्ष कृष्ण भण्डारी संयोजक
    उपसंयोजकमा विदुर खत्री

त्यस्तै, कार्यसमितिले आगामी मार्चमा तीनवटै राज्य समन्वय परिषद्मा च्यारिटी कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ । कार्यसमितिले आपतमा परेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्न अलाएन्स ग्रुप बनाएर जाने निर्णय गरेको छ । खासगरी आपतमा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्न उक्त ग्रुपले काम गर्नेछ ।

नव युवा विभाग गठन
एनआरएनए यूकेमा नयाँ पुस्तालाई समेट्न बेलायतमा जन्मिएका र यहाँ हुर्किएका नव युवाहरुलाई समेट्न नव युवा विभाग पनि गठन गरिएको छ । कार्यसमितिको बैठकले दृष्य ढकाल र मनिषा कँडेललाई सो विभागको जिम्मा दिएको छ । कार्यसमितिमा विभागको जिम्मेवारी लिएका आर्थिक, च्यारिटी, विद्यार्थी विभाग र राज्य समन्वय परिषद् इंगल्याण्ड अध्यक्ष राममाया विष्ट र राज्य समन्वय परिषद स्कटल्याण्ड अध्यक्ष शेरबहादुर केसीले आआफ्ना कार्यसमितिले गरेको कार्यहरुको जानकारी दिएका थिए ।

त्यस्तै रिक्त रहेका विभागहरुमध्ये सचिव कृष्ण देवकोटा संयोजक रहेको सांस्कृतिक विभागमा लक्ष्मी देवकोटा (स्कटल्याण्ड) र छम रेग्मी (नर्दन आयरल्याण्ड) लाई थप गरिएको छ भने उपाध्यक्ष कृष्ण भण्डारी संयोजक रहेको नागरिकता विभागमा यज्ञमूर्ति ढकाललाई थपिएको छ ।

यसैगरी रामप्रसाद कंडेल संयोजक रहेको पर्यटन विभागमा तारानाथ भण्डारी र सुजन गौतम, विद्यार्थी विभागमा राजेश भट्ट र जेम्स पल, महिला विभागमा महिमा बराल, भाषा, साहित्य र संस्कृति विभागमा विजय डंगोल, सूचना तथा सञ्चार विभागमा अन्जु न्यौपाने (नीलसागर), आइटी विभागमा थरिन्द्र घिमिरे (किरण) र युवा विभागमा रविन पाण्डेलाई थप गरिएको छ ।

महिला सचिव कला पोखरेलले हेल्थ एण्ड वेलबीइङसम्बन्धी कार्यक्रम प्रस्तुत गरेकी थिइन् । एनआरएनए यूकेको सहभागितामा नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना साँझ कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा गायक सन्दिप न्यौपाने लगायत कलाकारहरुले रोचक प्रस्तुति दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!