लन्डन । बागलुङे समाज बेलायत (बीएस युके) मा नयाँ कार्यसमिति चयन गरिएको छ ।
फार्नबोरो कम्युनिटी सेन्टरमा नोभेम्बर ४ तारिख आइतबार सम्पन्न भएको चौथो अधिवेशनबाट छविमाया पुनको नेतृत्वमा १७ सदस्यीय चौथो कार्यसमिति चयन गरिएको हो । अधिवेशनले तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र विभागीय सचिव तथा संयोजकहरु चयन गरेको छ ।
उपाध्यक्षत्रयमा धन बुढाथोकी, खडक थापा, भोजराज कँडेल, महासचिवमा मित्र थापा, सचिव शेरबहादुर पुन, कोषाध्यक्ष हरि घर्ती र सहकोषाध्यक्षमा हिरा पुन चयन भएका छन् ।
त्यसैगरी, सांस्कृतिक सचिव अशोक बुढाथोकी, सहसांस्कृतिक सचिव कृष्ण रोका, मेडिया सचिव जंग पुन, मेडिया सहसचिव याम श्रेष्ठ, बेवमास्टर नन्द पुन, महिला संयोजक क्रिस्टिना छन्त्याल, महिला सहसंयोजक प्रेरणा खड्का, नौमती बाजा संयोजक भीम थापा र नौमती बाजा सहसंयोजक तीर्थ शाही छानिएका छन् ।
नयाँ कार्यसमिति चयन गर्नका लागि धन कुँवरको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो ।
नवनिर्वाचित अध्यक्ष पुनले सम्पूर्ण बेलायतवासी बागलुङेहरुलाई समेटेर समाजलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । नयाँ कार्यसमितिको कार्यावधि ३ वर्षको रहने व्यवस्था छ ।
कार्यक्रम दिपककुमार काउछाको सभापतित्वमा सम्पन्न भएको हो । अधिवेशनमा अघिल्लो कार्यसमितिले तीन वर्षको अवधिमा गरेका गतिविधि, चुनौती र सुझावहरुलगायत विषयमा छलफल भएको थियो ।