स्याङ्जा समाज यूकेको २५ जनवरीमा वार्षिक साधारणसभा र तेस्रो अधिवेशन

SHARE:


लन्डन ११ जनवरी २०२६ । स्याङ्जा समाज यूकेको यही २५ जनवरी २०२६ मा वार्षिक साधारणसभा र तेस्रो अधिवेशन हुने भएको छ ।

स्याङ्जा समाज यूकेका संस्थापक अध्यक्ष तथा ट्रस्टि, सल्लाहकारहरु, आमा समूह, कार्यसमितिलगायत सम्पूर्ण बेलायतमा रहेका स्याङ्जावासी सदस्यहरुको आइतबार १४ डिसेम्बर २०२५ म जुममार्फत बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समाजका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा बसेको बैठकले वार्षिक साधारणसभा तथा अधिवेशनको लागि तयारी गर्दै गरेको र विविध निर्णयहरुमा छलफल गरि निष्कर्ष निकालेको जानकारी संस्थाका महासचिव रामराज शर्माले जानकारी दिएका छन् । वार्षिक बैठक तथा अधिवेशन मध्याह्न १२ बजेदेखि बेलुकी ६ बजेसम्ममा सक्ने निर्णय गरिएको छ । अधिवेशन ग्रीनफोर्ड रोड सडबरी लन्डनमा हुने छ ।

यस्तै अधिवेशनको लागि बेलायतमा रहेका स्याङ्जा जिल्लाका विभिन्न गाउँले समाज तथा भेगका संघ संस्थाका व्यक्तिहरुलाई निर्वाचन समितिमा नियुक्ति गरिएको महासचिव शर्माले बताए ।

निर्वाचन समितिमा आयुक्तमा संस्थापक अध्यक्ष शारदा गुरुङ, सदस्यहरुमा कोल्मा बहाकोट समाज यूकेका सल्लाहकार क्या डोल गुरुङ, सोंपाल समाज यूकेका संरक्षक श्रीप्रसाद गुरुङ, ज्याग्दिखोला समाज यूकेका महासचिव मदन राना, बागे मैदान समाज यूकेका अध्यक्ष नारायण गुरुङ, फेदिखोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, पेल्क चौर समाज यूकेका पूर्वअध्यक्ष गिर गुरुङ, काली गण्डकी सेरोफेरोका अध्यक्ष प्रेम राना, पकोट प्रतिनिधि चिन बहादुर आले, वलिङ प्रतिनिधि राम बगाले, क्याक्मी क्याउरे जगत भञ्ज्याङ प्रतिनिधि कृष्ण भण्डारी छन् ।

अधिवेशन पूर्वकोषाध्यक्षको तर्फबाट संस्थाको आर्थिक प्रतिबेदन तयार पार्नुका साथै अधिवेशन पूर्वमहासचिवको प्रतिवेदन प्रस्तुत गर्ने र दोस्रो सेसनमा निर्वाचन आयुक्तलाई हस्तान्तरण गर्ने गरि दुई चरणमा कार्यक्रम हुने जानकारी दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!