
लन्डन १३ जनवरी २०२६ । किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक च्यारिटी डिनर आगामी ७ फेब्रुअरीमा हुने भएको छ ।
अल्डरसटस्थित दल प्यालेस हलमा दिउँसो साढे १ बजेदेखि च्यारिटी डिनर हुने कियाचु युकेले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि १५ र ५० पाउन्ड तोकिएको छ ।
सहभागी हुनेका लागि औषचारिक वेषभूषा लगाएर आउन भनिएको छ ।






