यसरी मनाइयो बेलायतमा कक्फेक्वा तङनाम र कुसङ् येले तङ्बे ५०८६

SHARE:

लन्डन २० जनवरी २०२६ । बेलायतमा कक्फेक्वा तङनाम र कुसङ् येले तङ्बे ५०८६ मनाइएको छ ।

किरात याक्थुङ चुम्लुङ युके कोल्चेस्टर शाखाले विविध कार्यक्रमसहित तङनाम र कुसङ् येले तङ्बे ५०८६ मनाइएको हो । किरात याक्थुङ चुम्लुङ युके कोल्चेस्टरकी अध्यक्ष राजकुमारी लिम्बुको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि कियाचु युके उपाध्यक्ष सानु सुब्बा थिइन् । कार्यक्रम केलाङसँगै पानसमा दिप प्रज्वलन गरी अध्यक्ष र प्रमुख अतिथिबाट उद्घाटन गरिएको थियो ।

कार्यक्रममा अतिथिहरुमा कियाचु युके सल्लाहकार मेजर रिटायर चित्र हुक्पा चोङ्बाङ, कोल्चेस्टर नेपाली समाजका अध्यक्ष मेजर रिटायर उदयबहादुर गुरुङ एमबीइ, क्याप्टेन उमेश पुन,नरेश तुम्बाहाङ्फे (फुर्के लाहुरे), रिता मगर,भरत महत,कियाचु युके सदस्य देउमान माङदेन,शाखा सल्लाहकारहरू घन खजुम,भिम नेयङ,डम्मर हुक्पा चोङ्बाङ थिए ।

कार्यक्रमको अवसरमा जीसीएस्सी, ब्याचलर, मास्टर डिग्री गर्नेहरुलाई प्रशंसापत्र वितरण,कलाकारहरुलाई सम्मानपत्र,पूर्वअध्यक्षहरुलाई नवनियुक्त अध्यक्षबाट सिलाम साक्माले सम्मान गरिएको थियो ।

मौलिक पहिरन भेषभुषामा महिलातर्फ देशमाया लिम्बु र पुरुषतर्फ प्रभात र दियान लिम्बुले उत्कृष्ट पहिरनमा पुरस्कार हात पार्न सफल भए ।

कार्यक्रममा थप ऐतिहासिक मौलिक याक्थुङ खाना (हुक्वा)परिकारले साँच्चै नै याक्थुङ लाजे लिम्बुवानको र मेलाहाटबजार जस्तै सजिसजावट भएको थियो ।

कोल्चेस्टर नेपाली समाजका अध्यक्ष मेजर रिटायर उदयबहादुर गुरुङको शुभकामना मन्तव्य र प्रमुख अतिथिको मन्तव्यसँगै अध्यक्ष कियाचु युके उपाध्यक्ष सानु सुब्बाले सभा बिसर्जन गरेकी थिइन् ।

स्वागत मन्तव्य विष्णु लिम्बुले राखेका थिए भने देउमान माङ्देनले कक्फेक्वा तङ्नामबारे जानकारी गराए । कार्यक्रम सञ्चालन शाखा सचिव मुक्ति हुक्पा चोङ्बाङले गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सोम हुक्पा चोङबाङसहितको बाक्लो उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!