ग्रीनवीच भलिबल क्लबको अध्यक्षमा ठकुरी सर्वसम्मत चयन

SHARE:

लन्डन २१ जनवरी २०२६ । ग्रीनवीच भलिबल क्लबको अध्यक्षमा उमेश चन्द ठकुरी चयन भएका छन् ।

बेलायतको प्लमस्टिडमा आइतबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले ठकुरीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित ठकुरी यसअघि क्लबको महासचिव थिए ।

उपाध्यक्षमा अनिल गुरुङ र संगीता मगर, महासचिवमा अमर गुरुङ, सचिवमा चन्द्र पुन, सहसचिवमा रश्मी गिरी, कोषाध्यक्षमा विजय थापा तथा सहकोषाध्यक्षमा मिन गुरुङ चयन भएका छन् ।

सदस्यहरूमा रेखा घले, चन्दा थापा, आरती राना, सम्झना थापा, सनम थापा, इच्छा थापा, लक्ष्मण राई, जीवन थापा, मिन रिङ्जाली, निर्मल थापा, सचिन लिम्बु, सुनिल थापा, लब थापा, कुश थापा, रोबिन गुरुङ, मधु थापा र मनोज गुरुङ चुनिएका छन् ।

निर्वाचन समिति प्रमुख एवं क्लबका संरक्षक विनोद ज्ञवालीले नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका थिए । ज्ञवाली नेतृत्वको निर्वाचन समितिमा कर्मा पहाडी शेर्पा सदस्यसचिव र राज कटवाल सदस्य थिए ।

क्लबको प्रशिक्षकमा जीवन गुरुङ र म्यानेजरमा प्रेम गुरुङलाई चयन गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष रविन्द्र रोका मगरले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिए । उनले क्लबको सम्पूर्ण जिम्मेवारी नवनियुक्त अध्यक्ष उमेश चन्द ठकुरी र महासचिव अमर गुरुङलाई हस्तान्तरण गरे ।

नवनिर्वाचित अध्यक्ष उमेश चन्द ठकुरीले क्लब र सबै खेलाडीको हित तथा भावनालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पहिलो चरणमा निवर्तमान अध्यक्ष रविन्द्र रोका मगरको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा क्लबका गतिविधिको समीक्षा एवं भावी योजनाबारे छलफल गरिएको थियो ।

महासचिव उमेश चन्द ठकुरीले महासचिवको प्रगति प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष गिरी पुनको अनुपस्थितिमा विजय थापाले आर्थिक विवरण पेश गरे ।

साउथ इष्ट लन्डनमा बस्ने भलिबलप्रेमी नेपाली युवाहरुको सक्रियतामा सन् २०१७ मा स्थापना भएको ग्रीनवीच भलिबल क्लबले बेलायतको नेपाली समुदायमा आयोजना भएका थुप्रै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!