लन्डन २४ जनवरी २०२६ । गोर्खा सेक्युरिटी सर्भिसेसले दुई जना अफिसरलाई ‘वेस्ट सेक्युरिटी अफिसर अफ द इयर’ प्रदान गरेको छ ।
फार्नबोरोस्थित आफ्नै कार्यालयमा शुक्रबार २३ जनवरीमा भएको कार्यक्रममा अमृत गर्बुजा मगर (अमृतप्रसाद थापा) र विष्णुबहादुर थापालाई उक्त अवार्डबाट सम्मान गरिएको हो । प्रमाणपत्रमा चिफ अपरेसन म्यानेजर दिलकुमार राई र अप्रेसन डाइरेक्टर विष्णु तामाङले अवार्ड र प्रमाणपत्र हस्तान्तरण गरेका छन ।
गोर्खा सेक्युरिटी सर्भिसेसले हरेक ६ महिनामा अवार्ड वितरण गर्दै आएको छ । जसमा लन्डन क्षेत्रमा कार्यरत र त्यसभन्दा बाहिर कार्यरत अफिसरहरुलाई अवार्ड दिने गरिएको गोर्खा सेक्युरिटी सर्भिसेसले जनाएको छ । यस वर्ष लन्डन क्षेत्रबाट विष्णुबहादुरले र त्यस बाहिर कार्यरत अमृतले अवार्ड पाएका हुन् ।
अवार्ड प्राप्त अमृत र विष्णुबहादुरलाई आयोजकको तर्फबाट बधाई तथा धन्यवाद दिइएको थियो । सम्मानित हुनेहरुले आफूहरुलाई अवार्ड प्रदान गरिएकोमा संस्थाप्रति आभार प्रकट गरेका थिए ।
उक्त अवसरमा अप्रेसन डाइरेक्टरहरु हरिकुमार श्रेष्ठ, लेफ्टेन नविन सिवा, अप्रेसन म्यानेजर जगत थापा पनि उपस्थित थिए ।







