बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरूबीच एकता

SHARE:


लन्डन ३ फेब्रअरी २०२६ । बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरू बीच एकता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युके, माधवकुमार नेपाल नेतृत्वको पूर्व एकीकृत समाजवादी पार्टी निकट प्रवास समिति प्रवासी नेपाली एकता मञ्च र जनता समाजवादी पार्टीनिकट प्रवास समितिहरुबीच एकता सम्मेलन सम्पन्न भएको हो।

आइतबार बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलन मञ्चकी अध्यक्ष बिमला लिम्बुको अध्यक्षता र नेकपाका पूर्वमहासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाली प्रवासी एकता मञ्च युकेको पूर्वअध्यक्ष कृष्ण तिवारीले संचालन गरेको उक्त सम्मेलनका विशेष अतिथि नेकपाका पूर्व विदेश विभाग प्रमुख श्रीप्रसाद साह रहेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले नेपाललाई युक्रेन बन्नबाट जोगाउनका लागि एकताको आवश्यकता भएको बताए भने विशेष अतिथि साहले बेलायतले पहिलो एकता गरेको भन्दै अब प्रवासमा रहेका संगठनहरुबाट नैतिक सहयोगको अपेक्षा रहेको बताए ।

यस्तै, सम्मेलनमा अतिथिहरू नेकपाका केन्द्रीय सदस्यहरू सुभाष पोखरेल, विश्वासदीप तिगेला, लिला सेलिङ (मावो), नेकपाका पूर्व प्रवास समिति उपाध्यक्ष उमेश मोक्तान, प्रवास समिति महिला विभाग प्रमुख सुष्मा भुसाल, युरोप मोर्चाका अध्यक्ष कृष्ण तिवारी, युरोप इन्चार्ज रण केसी, अध्यक्ष चित्र सुवेदी, प्रवास तथा युरोपका अग्रजहरू, नेपाली जनप्रगतिशील मञ्च युकेका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, नेपाली प्रवासी एकता मञ्च युके, जनता समाजवादी पार्टी (जसपा) लगायत उपस्थित थिए ।

सम्मेलनमा पार्टी एकता मजबुत बनाउने, युके प्रवास संगठनलाई प्रभावकारी बनाउने, कार्यकर्ता परिचालन तथा भावी कार्यदिशाबारे व्यापक छलफल भएको मञ्चका अध्यक्ष बिमला लिम्बुले जानकारी दिईन् । जसका लागि सहभागीहरूले आ–आफ्ना सुझाव र अनुभव साझा गरेका थिए ।

एकता सम्मेलन सन्देश सभाबाट एकीकृत संगठनको संयोजक नेपाली जनप्रगतिशील मंचका अध्यक्ष बिमला लिम्बु र सह–संयोजकमा प्रवासी नपाली एकता मंचका अध्यक्ष देवेन्द्र श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवको जिम्मेवारी विश्व लिम्बुलाई दिइएको छ ।

पूर्व प्रवासी नेपाली एकता मञ्च युकेका अध्यक्ष देवेन्द्र श्रेष्ठले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्य, एकताको आवश्यकता र वर्तमान राजनीतिक सन्दर्भबारे प्रकाश पारेका थिए।

यस्तै, केन्द्रीय समिति सदस्य, (जनता समाजवादी पार्टी (जसपा) पूर्व प्रवास समिति सह-कोषाध्यक्ष लिला सेलिङले धन्यवाद ज्ञापन मनतव्य राखेकी थिइन्। एकतापछिको अधिवेशन ६ महिना भित्र केन्द्रको परिपत्र अनुसार गरिने संयोजक लिम्बुले जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!