नेपाली विद्यार्थीको शव नेपाल पठाउन एनआरएनए यूकेको सहयोग अभियान, साढे ४ हजार संकलन

SHARE:

लन्डन ५ फेब्रुअरी २०२६। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन चन्दा संकलन सुरु गरेको छ ।

बेलायतमा निधन भएका मण्डलको परिवारको अनुरोधबमोजिम शव नेपाल पठाउन गो फण्ड मीमार्फत चन्दा संकलन थालिएको हो । ७ हजार पाउण्ड उठाउने लक्ष्यसहित शुरु गरिएको अभियानमा बिहीबार साँझसम्म २ सय १४ जनाले ४ हजार ४७८ पाउण्ड सहयोग गरिसकेका छन् ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय मण्डलको परिवारले उनको अन्तिम संस्कार नेपालमै गर्न चाहेको, परिवारको आर्थिक अवस्था राम्रो नभएको र बेलायतमा मण्डल नजिकका आफन्त पनि कोही नभएकाले क्राउड फण्डिङबाट अर्थ संकलन गरि शव नेपाल पठाउन लागिएको जनाए ।

हनुमान नगर, कंकालिनी १० सप्तरी स्थायी निवासी २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा सोमबार निधन भएको थियो । आइतबार श्वास प्रश्वासमा एक्कासी समस्या आएपछि मण्डल अस्पताल भर्ना भएका थिए ।

सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!