२२ फेब्रुअरीमा आसफोर्डमा फाइनान्सियल अवेयरनेसेस कार्यक्रम हुने

SHARE:

लन्डन ७ फेब्रुअरी २०२६ । बेलायतको आसफोर्ड, केन्टमा मोर्गेज, सम्पत्ति व्यवस्थापन, संरक्षण तथा करसम्बन्धी विषयमा एक जानकारीमूलक कार्यक्रम गर्ने तयारी भएको छ ।

सेन्ट फ्रान्सिस चर्च (बिहीबारे) मा आउँदो २२ फेब्रुअरी आइतबार दिउँसो २ बजेपछि सुरु हुने सेमिनारमा विभिन्न क्षेत्रका विज्ञहरुले आफ्नो प्रस्तुति दिनेछन् । सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीद्वारा आयोजना गर्ने कार्यक्रममा ए स्टार मोर्गेजेजका मोर्गेज तथा प्रोटेक्शन एडभाइजर रमेश साराङकोटीले इंगल्याण्डमा अहिले मोर्गेज बजारको अवस्था, निजी तथा कम्पनीहरुले प्रपर्टी किनेर भाडामा लगाउने सम्बन्धी नियम, रेन्टल ग्यारेन्टी तथा कन्टेन्ट बीमा लगायतका विषयमा जानकारी दिने छन् ।

त्यस्तै नर्वुड आशफोर्डका कोलिन र पेसेंसले घर भाडामा बस्ने मानिसहरुको हक, घरधनीले पुरा गर्नु पर्ने कम्प्लायन्स लगायतका विषयमा जानकारी दिने छन्।

वरिष्ठ एकाउन्टेन्ट सचिन श्रेष्ठले अनलाइनबाट ट्याक्स फाइल गर्नु पर्ने नयाँ नियमबारे र उद्यमी जनक राईले आफ्नो घरमा रहेका बहुमूल्य सामग्रीको सुरक्षाबारे प्रस्तुति दिनेछन् ।

स्थानीय नेपाली तथा गोर्खा समुदायलाई जानकारी दिने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा उपस्थित भएर आफ्ना कुनै जिज्ञासाहरु भए राख्न आयोजकले आग्रह गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!