बेलायतमा नेपाली राजदूत आदिवासी पृष्ठभूमिबाट नियुक्त गर्न नेफिन यूकेको माग, शुक्रबार दूतावसमा ज्ञापनपत्र बुझाउँदै

SHARE:

लन्डन १२ फेब्रुअरी २०२६ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले बेलायतका लागि नेपाली राजदूतमा आदिवासी पृष्ठभूमिबाट नियुक्त गर्न माग गरेको छ ।

नेफिन यूकेले विज्ञप्ति जारी गर्दै आदिवासी पृ्ष्ठभूमिका राजदूत नियुक्त, गहना निर्माण (सुनचाँदी कारीगर) तथा भन्सार छुट सुविधाका लागि पहल गरिदिन, ज्येष्ठ नागरिकका लागि घुम्ती कन्सुलर सेवाको व्यवस्था गर्न माग गरेको हो । नेफिन यूकेले ५ मार्च २०२६ (फाल्गुन २१ गते २०८२)मा निर्धारित आगामी निर्वाचन निष्पक्ष, सुरक्षित र सफलतापूर्वक सम्पन्न होस् भन्ने विषयमा पनि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकार र दूतावासको ध्यानाकर्षणका लागि शुक्रबार नेपाली दूतावासमा मागपत्र बुझाउने कार्यक्रम रहेको महासचिव फ्राम दुराले जानकारी दिए । उनले कार्यक्रममा सहभागी हुन सम्पूर्ण सदस्य तथा स्वयंसेवकहरूलाई १३ फेब्रुअरी २०२६ दिउँसो १५:४५ बजेभित्र दूतावासमा उपस्थित हुन अनुरोध गरे ।

कार्यक्रम दूतावास परिसरमा दिउँसो १६:०० बजे प्रारम्भ हुने महासचिव दुराले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!