निर्मलाका परिवारलाई बीएनसीको सहयोग

SHARE:

एटा संवाददाता
लन्डन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका परिवारलाई बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बीएनसी) ले ५५ हजारभन्दा बढी सहयोग गरेको छ ।

आफ्ना छोरीको हत्यामा संलग्नलाई सजायको माग गर्दै अनशनरत निर्मलाका आमाबुवालाई बीएनसीले ५५ हजार ५५१ रुपैयाँ सहयोग प्रदान गरेको हो । सो रकम बीएनसी लेडिज फन्डबाट ३० हजार र अन्य रकम संस्थाकी सल्लाहकार एवं समाजसेवी सुधा गुरुङको सक्रियतामा समाजका सदस्यहरुबाट संकलन गरी पठाइएको हो । रकम निर्मलाका पिता यज्ञराज पन्तलाई धर्नास्थलमै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रदान गरेका हुन् ।

कान्तिपुर दैनिकमा प्रकाशित निर्मला हत्याकान्डबारेको समाचार पढेपछि रकम संकलन गरिएको सहयोगी गुरुङले बताइन् । ‘हुन त, निर्मलाका मातापितालाई पैसा हैन न्याय चाहिएको छ, दोषी अझै पत्तो नलाग्नु अति नै दुःखको कुरो हो’, गुरुङले भनिन्, ‘हामी विदेश बस्ने नेपालीहरु पनि यो घटनाबाट आहत भएर उनका मातापितालाई केही भए पनि राहत मिलोस् भनी बीएनसीले सहयोग पुर्‍याउने निर्णय गरेको हो ।’
बीएनसी मेन कमिटी र लेडिज टिमले स्वदेशमा विविध संघसंस्थालाई पटक पटक सहयोग पुर्‍याउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!