बुद्धिष्ट कम्युनिटी सेन्टर यूके आमा प्रमुखमा शारदा गुरुङ, सचिवमा पबित्रा गुरुङ चयन

SHARE:

लन्डन २ मार्च २०२६ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी यूके) आमा समूहको प्रमुखमा शारदा गुरुङ चयन भएकी छन् ।

१ मार्च २०२६ मा भएको संस्थाको अधिवेशनबाट गुरुङको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा तुलसी घले र दुर्गालक्ष्मी गुरुङ, सचिव पबित्रा गुरुङ, सहसचिवमा सुन्दरी तामाङ, कोषाध्यक्ष उषा गुरुङ, सह-कोषाध्यक्षमा टुककुमारी गुरुङ निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक मेजर खुसीमान गुरुङले जानकारी दिए ।

यस्तै, प्रोपर्टी मेम्बरमा प्रेमा गुरुङ, सहायक प्रोपर्टी मेम्बरमा पूर्णकुमारी गुरुङ, मिडिया मेम्बरमा धनु डिमडुङ, फुड मेम्बरमा मिना गुरुङ निर्वाचित भएका छन् ।

निर्वाचनपछि बीसीसी यूके आमा समूहको निवर्तमान प्रमुख जगनाकुमारी गुरुङ र नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले मन्तव्य राखेका थिए ।
अन्त्यमा बीसीसी यूकेका गुरुहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो ।

बीसीसी यूकेको अध्यक्ष आङदावा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मेजर कुमार गरुङ एमभीओले सञ्चालन गरेका थिए ।

बीसीसी यूकेका प्रमुख सल्लाहकारसमेत रहेका मेजर खुसीमान गुरुङ संयोजकत्वको निर्वाचन समितिमा संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ र पूर्वअध्यक्ष उर्मिला गुरुङ सदस्यका रुपमा थिए ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!